• त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेल केही बेरमा नेपाल र नेदरल्याण्ड्सबीच शुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त खेलमा नेपाल सिरिज हातपार्ने दाउमा हुनेछ । नेपालले जारी सिरिजमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्दै आएको छ । फाइनलमा पुग्दासम्म नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै चार खेलमा तीनमा जीत तथा एकमा हार बेहोर्दै फाइनलमा पुगेको हो । 

    नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा मलेसियालाई नौ विकेटले पराजित गरेको हो भने नेपाल तस्रो खेलमा नेदरल्याण्डस्सित तीन विकेटले पराजित भएको थियो । चौथो खेलमा भने नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको थियो । यस्तै नेदरल्यान्ड्सले दुई खेलमा जीत निकाल्यो भने एक खेल बराबरी खेलेको थियो । एउटा खेलमा नेदरल्यान्ड्स पराजित भएको थियो । पहिलो खेलमा नेदरल्याण्डस्लाई पराजित गरेकाले नेपाली टोलीको मनोबल उच्च रहेको नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल बताउनुहुन्छ । घरेलु खेल मैदान भएका कारण पनि नेपाल नेदरल्याण्डस्माथि हाबी हुने उहाँको विश्वास छ ।  

    नेपालको हालसम्म ब्याटिङ राम्रै रहेको र आजको खेलमा पनि त्यसैलाई निरन्तरता दिनसके जीतन कठिन नहुने कप्तान मल्ल बताउनुहुन्छ । खासगरी प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल जारी सिरिजको लयमा हुनुहुन्छ । उहाँले लगातार तीन अद्र्धशतक प्रहार गर्नुभएको छ । 

    नेदरल्याण्ड््ससितको पहिलो खेलमा भुर्तेलले ६१, मलेसियासितको खेलमा ६१ तथा नेदरल्याण्डस्सितको दोस्रो खेलमा ६२ रन बनाउनुभएको थियो । 

    ब्याटिङमा नेपालका लागि आसिफ शेख, कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र करण केसी भरपर्दा खेलाडी हुन् । नेपालको बलिङ लइन पनि बलियो नै छ । खासगरी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरिरहनुभएको छ । उहाँले चार खेलमा ११ विकेट लिनुभएको छ । यस्तै नेपालका लागि करण केसी, सोमपाल कामी र कमलसिंह ऐरी पनि भरपर्दा बलर हुन् । यी बाहेक अन्य खेलाडीको प्रदर्शन पनि राम्रै रहेको कप्तान मल्लको भनाइ छ ।  

    त्रिवि मैदानमा नेपालले पहिला ब्याटिङ गर्ने मौका पाए २०० रनको स्कोर पार गर्ने लक्ष्य हुनेछ । पहिला फिल्डिङ गरेको खण्डमा नेदरल्याण्डस्को पारीलाई १५० देखि १७० रनको स्कोरसम्म नै सिमित गर्ने योजना नेपाली टोलीले बनाएको छ । समग्रमा नेपाली टोली पहिलो पटक घरेलु मैदानमा टि–२० सिरिज जीतने लक्ष्यका साथ मैदानमा प्रवेश गर्नेछ । 

    नेपालले पहिलो पटक युनाइटेड अरब इमिरेट् ९युएइ०लाई सन् २०१९ मा उसकै भूमिमा टि–२० सिरिज २–१ ले जीतेको थियो । फाइनल खेल दिउँसो सवा एक बजे शुरु हुने नेपाल क्रिकेट सङ्घ ९क्यान०ले जनाएको छ । नेपाल समूह विजेता तथा नेदरल्याण्डस् उपविजेताका रुपमा सिरिजको फाइनलमा प्रवेश गरेको हो ।

सम्वन्धित समाचार

काठमाडौं, २४ चैतसडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले …

 नेकपा एमाले बाराको जिल्ला कमिटीको पाँच जना पदाधिकारीका लागि ११ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष…

पृथ्वीको सतह भन्दा ७०० किलोमिटर तल सबैभन्दा ठूलो महासागर अवस्थित रहेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । अ…

मोरङ । तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म पुस्तकका मोरङ पथरीशनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई सम्मानि …