• तस्बीर: आगलागी सवारी

    जनकपुर - प्रदेश नम्बर २ काे राजधानी जनकपुरधाममा चलिरहेको गाडीमा अचानक आगलागी भएको छ । अहिले भरखरै साँझ करिब पौने ७ बजे जनकपुरधामस्थित गुडिरहेको गाडीमा अचानक आगो लागेको छ ।

    मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि गुडिरहेको गाडीमा अचानक आगलागी हुँदा मानविय क्षति हुनबाट जोगिएपनि गाडी पूर्ण रुपमा जलेको छ । गाडीमा आगलागी भएको १५ मिनेट पश्चात आगो नियन्त्रणमा आइसकेको छ । क्षतिग्रस्त गाडीको नम्बर भने अहिले खुल्न सकेको छैन् ।

    जनकपुरधामबाट काठमाण्डौसम्म चल्ने उक्त गाडीमा यात्रुहरु समेत रहेको बताइएको छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र विस्तृत आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिएकाे छ ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर र कानेपोखरी गाउँपालिकाको जनप्रतिनिधि÷कर्मचारीवीच आइतबार (आज) मैत्…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा दुर्गा प्रसाइले नेतृत्व गरेको नागरिक बचाउ अभियान शनिबार पुनरगठन भएको छ…

मोरङ । निर्माण कम्पनी कान्छाराम कन्ट्रक्सनले सम्झौता अनुसार काम नगरेपछि पीडित उपभोक्ताहरुले आज (शनिबार) मोर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका १ नं. वडा कार्यालयले पूर्ब जनप्रतिनिधि, खेलाडी, कलाकार र सञ्चारकर्मी…