• मोरङ । मोरङको कानेपोखरी–२, पत्रकारिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । 

    शनिबार कानेपोखरी मिडिया प्रा.ली.को आयोजनामा शिक्षा विकास माबिको हलमा भएको कार्यक्रममा माबिको कक्षा १२ मा अध्ययनरत ३५ जना विद्यार्थी सहभागिता रहेको थियो । 
    विद्यार्थीहरुलाई पत्रकार र पत्रकारिता सम्बन्धी जानकारी दिने उदेश्यले आयोजन अभिमुखीकरण कार्यक्रममा नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितिका अध्यक्ष पत्रकार अर्जुन जम्मेली राई, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई र स्वतन्त्र पत्रकार केशव निरौलाले सहजिकरण गरेका थिए । 

    समाजिक सञ्जालहरु र मिडियामा सार्वजनिक गर्न मिल्ने र नमिल्ने बिषयहरु, अप्रमाणित विषयहरु सार्वजनिक गर्दा हुने दण्ड सजाय, छापा, रेडियो र अनलाइन पत्रकारीता र उद्घोषण कला सम्बन्धी अभिमुखीकरण गरिएको थियो । 

    समापन कार्यक्रम  २ नं. वडा अध्यक्ष सुशिल बुढाथोकीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयको प्रधानाध्यपक रुद्र निरौला, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कार्कीले कार्यक्रम सम्बन्धी विचार राखेका थिए । 

    कानेपोखरी मिडिया प्रा.लि.का संचालक सदस्य अशोक फुयलको सभापतित्वमा भएको कार्यक्रममा सहभागीको तर्फबाट सिर्जना कार्की र दुर्गा प्रसाद खतिवडाले अभिमुखीकरण कार्यक्रम बारे आफ्नो अनुभव राखेका थिए । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…