• मोरङ । कोरोना भाइसर (कोभिड–१९)को दोस्रो लहर छिमेकी मुलुक भारतसँगै विश्वब्यापी रुपमा बढिरहेको बेला नेपाल, १ नम्बर प्रदेश स्थित मोरङको पथरीशनिश्चरे नगरपालिकामा पनि उच्च जोखिम रहेको छ ।

    संघीय, प्रदेश सरकारले बारम्बार स्वास्थ्य सतर्कता अपनाउन २५ जनाभन्दा बढीको भीडभाँड नगर्न लगायतको निर्देशन दिएपनि कार्यान्वयन भएको देखिन्दैन । राजधानी काठमाडौ, १ नम्बर प्रदेशको राजधानी विराटनगर लगायतको प्रमुख सहरहरुमा कोरोना भाइरसका विरामीको संख्या बढ्दै गएको बेला मोरङ पथरीशनिश्चरे नगरपालिकामा पनि भाइरसको जोखिम बढ्दै गएको देखिन्छ ।
     
    भाइरस प्रभावको अघिल्लचे चरणपछि नगरपालिकाले पीसीअर परीक्षण गरेको छैन । यद्यपि पछिल्लो एक महिनामा पथरीशनिश्चरे नगरमा पाँच जना विरामीमा कोरोना भइरस भएको प्रमाणित भएको छ । 

    अन्य विरामी उपचार गर्न जाँदा उनीहरुमा भाइरस प्रमाणित भएको हो । पथरीशनिश्चरे नगरबाट उपचारको लागि विराटनगरको कोशी, नोबेल, न्युरो अस्पताल र विराट नर्सिङ होममा उपचारको लागि गएका पाँच जनामा कोरोना भाइरस बोजेटिभ देखिएको पथरी अस्पतालका स्वास्थ्य कर्मी जगत मगरले जानकारी दिए । 
    विभिन्न अस्पतालले कोरोना भाइरस प्रमाणित भएका विरामीहरुको तथ्याङ्क स्वास्थ्य कार्यालय मोरङमा पठाउने गरेको र सो कार्यालयले सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउदै आएको छ । सोही क्रममा पथरीशनिश्चरेमा पाँच जनामा कोरोना भएको प्रमाणित भएको हो । 

    पाँच मध्ये तीन पुरुष र दुई महिला छन् । उमेरको हिसाबले दुई बर्षदेखि ४८ बर्षसम्मका छन् । नगरको ९ नम्बर वडाको दुई, ७ को एक र १ नम्बर वडाको एक र एक जनाको ठेगाना नखुलेको पथरी स्वास्थ्य कर्मी मगरले बताए । 
    अन्य रोगको उपचारको लागि गएका विरामीमा कोरोना पुष्टि भएपनि नगरमा पर्याप्त स्वास्थ्य सतर्कता उपनाएको देखिन्दैन । विद्यालय, जीम हल, साप्ताहिक हाट बजार, बिहे, भोज, पार्टीको कार्यक्रमहरुमा कुनै रोकतोक नभएको करण कोरोना भाइरसको जोखिम देखिएको हो । 
     

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …