काठमाडौं - उज्यालोनेटवर्क डटकमको कार्यालयमा प्रहरीले घेरावन्दी गरेको छ ।
अनामनगरस्थित अनलाइनको कार्यालयमा प्रहरीले घेरा हाली पत्रकार तथा कर्मचारीलाई कार्यालयमै नियन्त्रणमा राखेका छन् ।
सो अनलाइनका कार्यकारी सम्पादक अनिश तामाङले प्रहरीले धरपकड गरेको जानकारी फेसबुकमा गराएका छन् ।
उनले फेसबुकमा लेखेका छन्– ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।’
सो अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर धरपकड नगर्न प्रहरीको नाममा अदालतले आदेश दिइसकेको छ ।