• बैशाख १३ उर्लाबारी 
    विजय धिमाल

    मोरङको पथरीशनिश्चरे नगरपालिकाले धिमाल जातिको १३ वटा ग्राथानलाई पथरीशनिश्चरे १ मा एक कार्यक्रमको आयोजनागरी प्रत्येक ग्राथानलाई एक जोड पित्तलको हात्ति वितरण गरेको छ । 


    धिमाल जातिको पर्व जातिरी÷सिरिजात सुरु भैरहदा नगरको पहिलो जाति धिमाल बिशेष कार्यक्रम अन्र्तगत सो पित्तलको हात्ति वितरण गरीएको हो । पथरीशनिश्चरे नगर भित्र धिमाल जातिको बसोवास संगै ग्रामथान भएको पथरी, ऐयाबारी(क), ऐयाबारी(ख), रिंगुवा, कुशेचौरी, भातेगौडा, तित्रिझांक, हसन्दह, जनघट्टा, पाङग्रेझास, डांडागाउँ, चिलाझर र भित्रि चिलाझारले लिएको पहिलो नागरीक धिमाल व्यवस्थापन समितिका सचिव पदम धिमालले जानकारी दिए । पित्तलको हात्ति मुर्ती (प्रतिमा) एक टोल वा ग्रामथान गरी दुइवटा गरी जम्मा २६ वितरणमा जम्मा एक लाख तिस हजार बरावरको खर्च भएको नगर कार्यपालिका सदस्य÷पहिलो नागरीक धिमाल व्यवस्थापन समितिका सल्लाहकार संयोजक तिलक धिमालले जानकारी दिए । विगतमा गनरपालिका नभएको अवस्थामा र हाल नगरपालिका हुदा समेत धिमाल जाति र समुदायलाई साथ सहयोग गदै आएको अवगत गराउदै नगरकै पहिलो नागरीक भएपछि नगरबाट पाउने सेवा छदैछ अन्य धिमाल जाति संग सम्बन्धित विविध कार्यक्रमहरु जस्तै धिमाल ग्रामथानको जग्गाको विषय, ऐतिहासीक स्थलहरुको संरक्षण र सम्बद्र्धनमा विशेष सहयोग रहने नगर प्रमुख दिलिपकुमार राईले जानकारी दिए ।

    स्थानिय सरकारले साथ सहयोग नगरेको हैन हामी धिमाल जाति आफै चासो नलिएको होकी अब यसरी हुन्न हामीले पाउनुपर्ने सेवा सुविधाहरु लिन जागरुक हुनुपर्ने धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सदस्य तारिलाल धिमालको भनाइ रहेको थियो । उहिलेको जमानाको हामी धिमाल जाति वा समुदाय हैनौ हाम्रो बहुलियता भएको नगरमा पहिलो नागरीक घोषणा भए पश्चात हामीले पाउने हरेक सुविधा पाउनु पर्छ, घोषणा भएको नगरमा नेपाल सरकारको नियम अनुसार धिमाल समुदाय भित्र रहेको ग्रामथानहरु पउनुपर्छ, हात्तिको प्रतिमा सहयोगले मात्र हामी पुर्ण भएका छैनो घोडाको प्रतिमा पनि जरुरी छ त्यो पनि नगरले पुरा गरीदियोस भन्दे धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष÷प्रथम नागरीक दमक नगरका अध्यक्ष लोकबहादुर धिमालले कुरा राखेका थिए । धिमाल टोलबाट साथ सहयोगमा कम भयो भन्दै गुनासो आएको अवस्थाहरुछन एक पटक मात्र आउने सहयोग हैन आगामी दिनहरुमा पनि सहयोग जारी रहने पहिलो नागरीक धिमाल व्यवस्थापन समितिका अध्यक्ष भुवन धिमालले जानकारी दिए ।

    कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख प्रमुख दिलिपकुमार राई, धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमाल, अतिथिहरुमा पथरीशनिश्चरे कार्यपालिका सदस्य बाबुराम एङदेन, तिलबहादुर धिमाल, वडा नं. ५ का अध्यक्ष जोगबहादुर धिमाल, वडा नं. १ का सदस्य रोमान्सी धिमाल, वडा नं. ९ का सदस्य खरिन्द्र धिमाल, धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सदस्य तारिलाल धिमाल, धिमाल जातीय विकास केन्द्र पथरीशनिश्चरे नगर अध्यक्ष साजन धिमाल, धिमाल जातीय विकास केन्द्र पथरीशनिश्चरे नगर कोषध्यक्ष प्रनिशा धिमाल लगायत रहेका थिए भने पहिलो नागरीक धिमाल व्यवस्थापन समितिका अध्यक्ष भुवन धिमालको सभापतित्वमा कार्यक्रम भएको थियो । 

    पहिलो नागरीक धिमाल व्यवस्थापन समितिका सदस्य गंगा धिमालको स्वागत मनतव्य र पहिलो नागरीक धिमाल व्यवस्थापन समितिका सचिव पदम धिमालले कार्यक्रम संचालन गरेका थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …