• मोरङ । मोरङको उर्लाबारी नगरप्रमुख खड्ग फागोले व्यक्तिगत प्रतिशोधको आधारमा आफ्नो घर भत्काउन ताकेता गरेको भन्दै नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ (क)का सभापति प्रकाश थापाले आक्रोस ब्यक्त गरेका छन् । 

    प्रमुख फागोले उर्लाबारी–३, मंगलबारेमा रहेको आफ्नो पक्कि घर बिन कारण भत्काउन खोजेको भन्दै मंगलबार घरैमा पत्रकार सम्मेलनको आयोजना गरी बिषयको जानकारी गराएको हो । 
    नगरप्रमुख फागो नेपाली कांग्रेसबाटै जितेका हुन् । प्रकाश थापा महासमिति सदस्य तथा क्षेत्र (क)को सभापति हुन् । नगर प्रमुख खड्ग फागोले आन्तरिक राजनीतिक प्रतिशोधको कारण आफू विरुद्ध लागेर घरै भत्काउने प्रयासमा रहेको थापाको आरोप छ । 

    मंगलबारे बजार उत्तरमा रहेको प्रकाश थापाको घरको पश्चिम पट्टी पैनी (कुलो) रहेको भन्दै चैत्र १२ गते (करिव एक महिना अघि) नगरप्रमुख फागो आफैले हस्ताक्षर गरेर थापालाई नगरको तर्फबाट पत्र पठाएका थिए । 

    पत्रमा नगरपालिकाबाट घर नक्सा पासको प्रकृया नपु¥याइ, मापदण्ड विपरित बनेको, कार्यालयका प्राविधिकबाट भएको स्थलगत नापजाँच गर्दा घरको केही भाग सार्वजनिक कुलोमा देखिएको उल्लेख छ । थापाबाट नगरपालिकामा प्राप्त सफाई पत्र चित्तबुझ्दो नभएको भन्दै स्थानीय सरकार सञ्चालन ऐन बमोजिम भवन वा संरचना (थापाको घर) कुलोको मिचिएको भाग भत्काउन आदेश दिइएको उल्लेख छ । 

    सोही पत्रमा चित्त नबुझे जिल्ला अदालतमा पनरावेदन गर्ने प्रावधान रहेको अन्यथा कानून बमोजिम हुने उल्लेख छ । नगरपालिकाबाट घर भत्काउने आदेश भएको ३५ दिन भित्र (२०७७ चैत्र ३१ गते) प्रकाश थापाले जिल्ला अदालत मोरङमा पुनरावेदन गरेका छन् । मुद्धा चलिरहेको छ । नगरपालिका हुनु पूर्ब घर निर्माणको लागि नक्सा पास अनिवार्य नभएकै बेला निर्माण भएको थापाको भनाइ छ । नगरपालिका बनेपछि घर, नक्सा अभिलेखिकरणको लागि वडाबाट शिफारिस लिएर गएपनि नगरप्रमुख फागोले रोकेको थापाको भनाइ छ । 

    घर आफ्नो नम्बरी जग्गामा मात्र बनेको प्रकाश थापाको दावी छ । घरको उत्तरपटी पुरानो होली देखिन्छ । हिउँदमा उक्त होलीमा पानी बग्दैन । बर्षा याममा पानी बग्नको लागि घर मुनी(अन्डरग्राउण्ड) थापाले ठूलै भाग छाडेका छन् । नगरपालिकाले भने घरको पश्चिममा सार्वजनिक कुलो रहेको भन्दै भत्काउने आदेश दिएको देखिन्छ । 

    अदालतमा मुद्धा चलिरहेपनि नगरप्रमुख फागोले समाजिक, राजनीतिक जीवनमा असर पर्ने गरी सार्वजनिक फोरम(आम सभा)हरुमै प्रकाश थापाको घर भत्काउन लागिएको, मंगलबारेको सुनपकुवा माविदेखि शीमसारसम्म जाने सडक थापाले बन्न नदिएको जस्ता आरोपहरु लगाउदै आएको भन्दै पत्रकार सम्मेलन मार्फत आपत्ति जनाएका हुन् । 

    पार्टीको सहकर्मीहरुको साथमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने ‘विधिको शासन मान्छु, नगरप्रमुख फागोको मनि, मशल र उद्धण्डता मान्दिन ।’ मेयर जस्तो जिम्मेवार ठाउँमा बसेर आफू विरुद्ध कपोलकल्पित भ्रामक भाषणवाजी नगर्न अनुरोध गरेका छन् । कांग्रेस नेता थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा मेयर फागोले भौतिक रुपमा आक्रमण गरेका र सताइएका पीडितहरुको सूची लामो रहेको उल्लेख छ । मेयरले जे बोल्दा र गर्दा हुन्छ भन्ने अवस्था रहनु दुःखदायि अवस्था रहेको उल्लेख छ । 
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…