• विराटनगर / मोरङको उर्लाबारीबाट प्रहरीले प्रतिबन्धित औषधिसहित दुई जना युवालाई पक्राउ गरेको छ । उर्लाबारी नगरपालिका–४ आइतबारेका २१ वर्षीय सागर तामाङ र दिपेश राजवंशीलाई सोमबारसाँझ ७ बजेतिर पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । दुवै जना आइतबारेबाटै पक्राउ परेका हुन् ।


    डीएसपी राईले पक्राउ परेकाहरुको साथबाट ट्रामाडोल र डिकोलिक एक÷एक सय गरेर दुई सय चक्की बरामद भएको बताए । बरामद भएका दुवै प्रकारका औषधि प्रयोग गर्न नेपालमा प्रतिबन्ध लगाइएको छ । पक्राउ परेका दुवै जनालाई कारबाही अघि बढाउन प्रहरीले औषधि व्यवस्था विभागमा बुझाइने भएको छ ।


     

सम्वन्धित समाचार

 विराटनगर, २८ पुस मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक…

मोरङ । नम्बर प्रदेश सरकारको समाजिक बिकासमन्त्री जयराम यादबले उत्पीडित समुदाय एकजुट भएर अघि बढ्नु पर्ने बता…

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज…

 मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ ।  जबर्जस्ती करणी …