• मोरङ । मोरङको पथरीशनिश्चरेमा बिहिबार महिला हिंसा सम्बन्धी चेतनामूलाक कार्यक्रम भएको छ । 

    नेपाल पत्रकार मञ्चको आयोजनामा नगरपालिका–४ नम्बर वडा अध्यक्ष गोबिन्द भण्डारीको सभापतित्मा भएको कार्यक्रममा महिला हिंसा विरुद्ध काम गर्दै आएको संस्था ओरेक नेपालको अधिकृत सरस्वति दनुवारले हिंसा, महिला हिंसाको प्रकार र हिंसा भए कनूनी उपचार तथा दण्ड सजायको ब्यबस्था बारे जानकारी गराएका थिए । 

    वडाका २५ जना महिला सहभागिता रहेको कार्यक्रममा संविधान सभा सदस्य लालबहादुर सुस्लिङ मगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राईले जटिल समाजिक समस्याको रुपमा रहेको महिला हिंसा अन्त्य गर्न लागि पर्नुपर्ने बताएका थिए । समाजमा भएका महिला हिंसा सम्बन्धी छलफल र समाचार लेखनको अनुभाव बारे अनुभव शेयर गरेका थिए । 

     आयोजक नेपाल पत्रकार मञ्चका अध्यक्ष मोहन भट्टराईले सञ्चाल गरेको कार्यक्रममा फोनिज मोरङका अध्यक्ष दिनेश सुब्बा, नेपाल पत्रकार महासंघ मोरङको निवर्तमान सहसचिव शान्तोष राई लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष गोबिन्द भण्डारीले कार्यक्रम प्रभावकारी भएकोले आगामी दिनमा अझ ब्यापक रुपमा कार्यक्रम गरेर महिला हिंसा न्युनिकरण गर्न लागि पर्ने बताएका थिए । 

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …