• तपाईंको मास्क खोई ? दिल खोलेर बोल्नुहोस्, माक्स खोलेर हैन 


    कोरोना महामारी बढेसँगै युवा संघ उर्लावारी नगर कमिटीले सचेतना अभियान सुरु गरेको छ । युवा संघले शनिबार मंगलबारे चोक,थापाचोक,शनिबारे हाट लगायतको स्थानमा माक्स वितरण गर्दै कोरोनाबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न आग्रह गरेको हो । 


    मास्क ननलगाई हिँडेका सर्वसाधरणहरुलाई युवा संघको टोलीले मास्क वितरण समेत गरेको थियो । संघले घरबाट बाहिर निस्किनु परे अनिवार्य माक्स लगाउन पनि अनुरोध गरेको छ । 
    यस्तै युवा संघले मंगलबारे स्टेण्डमा सार्वजनिक यातायातका बस,म्याजिक भेन लगायतका सवारीसाधनलाई स्टेण्डमा मात्रै रोक्न पनि आग्रह गर्दै सचेत गराएको युवा संघका नेता भिष्म बुढाथोकीले जानकारी दिए । 

    युवा संघ नेपाल उर्लाबारी-३ नम्बर वडा कमिटीले आयोजना गरेको सो कार्यक्रम मंगलबारे प्रहरी चौकी र ट्राफिक प्रहरी कार्यलयसँग सहकार्य गरेको थियो । 
    युवा संघले 'तपाईंको मास्क खोई ? दिल खोलेर बोल्नुहोस्, माक्स खोलेर हैन' भन्ने अभियान सञ्चालन गरेर कार्यक्रम गरेको युवा संघकी नेतृ जमुना कट्टेलले बताइन् । उनले अनिवार्य मास्क प्रयोग गर्न पनि अपिल गरेकी छन् ।

सम्वन्धित समाचार

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …

इलाम । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्…