• विराटनगर / उपचारका लागि छुट्टाछुट्टै अस्पतालमा भर्ना गरिएका भारतीय नागरिकसहित तीन जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको  छ ।


    मृतकमध्ये भारतीय नागरिक पुरुष हुन् भने अरु दुई जना वृद्धा महिला हुन् । भारतीय नागरिकको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आइतबार बिहान ७ः१० बजेतिर मृत्यु भएको हो । विराटनगर र सुनसरी ठेगाना भएका दुई वृद्धा महिलाको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आइतबार बिहान र शनिबार राति मृत्यु भयो ।

    नेपालसँग सिमाना जोडिएको भारत जोगवनीका ३० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए । अस्पतालले प्राप्त गरेको जानकारी अनुसार व्यापारको सिलसिलामा जोगवनीबाट नेपाल आएका उनी आफन्तको घरमा बस्दै आएका थिए ।

    कोरोना पुष्टि भएपछि उनलाई वैशाख १० गते उपचारका लागि भर्ना गरिएको थियो । मृतकमा निमोनियाको पुरानै समस्या रहेको देवले बताए । मृतकको शव व्यवस्थापन कसरी गर्नेभन्ने विषयमा सरोकारवाला निकायसँग समन्वय भइरहेको उनको भनाइ छ ।

    कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–६ की ६८ वर्षीया वृद्धाको आइतबार बिहान ६ः४० बजेतिर मृत्यु भएको छ । कोभिड अस्पतालका सूचना अधिकारी अनुपम राजवंशीका अनुसार कोरोना पुष्टि भएपछि वृद्धालाई वैशाख १६ गते उपचारका लागि अस्पताल भर्ना गरिएको  थियो ।

    त्यस्तै सुनसरी ठेगाना भएकी ६० वर्षीया वृद्धा महिलाको शनिबार राति ९ बजेतिर मृत्यु भएको उनले बताए । राजवंशीका अनुसार शनिबार नै उपचारका लागि भर्ना गरिएको थियो । दुवै मृतकको शव व्यवस्थापनका लागि पहल भइरहेको उनले बताए ।
     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …