• दिनेश राउतको निर्देशनमा निर्माण भएको सिनेमा ‘प्रकाश’को छायांकन सकिएको छ । निर्माण टिमका अनुसार सिनेमाको क्यामेरा अन भएको ४२ दिनमा सम्पुर्ण छायांकन सकिएको हो । प्रदीप खड्का र रेनु योगीको मुख्य भुमिका रहेको सिनेमा जुम्लामा सुटिङ गरिएको छ ।

    शिक्षक बन्न संघर्ष गर्ने एक युवाको कथा बोल्ने सिनेमामा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

    विनिश इन्टरटेनमेन्टको ब्यानरमा निमार्ण हुने सिनेमामा महेन्द्र अधिकारीको लगानी रहनेछ । राजेश श्रेष्ठले खिच्ने सिनेमाको कथा विकास सुवेदीले लेखेका हुन् । अनुप बराल कास्टिङ डाइरेक्टर रहेको सिनेमामा तारा प्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत रहेको छ ।

    प्रकाशमा उत्तम न्यौपानेको साउन्ड, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र जीवन थापाको सम्पादन रहनेछ । सिनेमालाई आरआर फिल्मस्का रत्न श्रेष्ठ र रोहित कट्टेलले वितरणको जिम्मा लिएका छन् ।

     

सम्वन्धित समाचार

तेस्रो मुलुक अमेरिका बस्दै आएका अर्जुन बिष्ट र राजेश राईको स्वरमा नयाँ नेपाली गीत ‘चाहन्छु म तिमिला…

ताप्लेजुङ, २ माघ माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुक…

त्रिशूली, ३० पुस  नुवाकोटका विभिन्न स्थानमा माघ १ गते सञ्चालन गरिने गोरु जुधाई मेला यस वर्ष नहुन…

 दाङ, २७ पुस दाङमा माघी मेला स्थगित हुने भएको छ । हरेक वर्ष माघीको अवसरमा आयोजना हुँदै आएको म…