• बिराटनगर । विराटनगरको रानी नाका हुँदै आइतबार दिउँसो १ बजेसम्म आठ सय ४८ जना नेपाल प्रवेश गरेका छन् । 


    वैशाख १ गतेबाट एन्टिजेन परीक्षण सुरु भएपछि आइतबारसम्म रानी नाका हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्या आठ सय ४८ रहेको हेल्प डेक्स प्रमुख साथै महानगरपालिकाका मेडिकल अफिसर डा। कमलकिशोर यादवले बताए ।

    रानी नाकाबाट आइतबार १ बजेसम्म २९ जना नेपाल प्रवेश गरेका छन् । आइतबार प्रवेश गरेकामध्ये पाँच जनामा कोरोना सङ्क्रमण देखिएको यादवले बताए । आज एन्टिजेन पोजेटिभ देखिएका पाँच जनामध्ये एक जना विराटनगर–१३ का पुरुष, तीन जना बूढीगङ्गा गाउँपालिकाका र एक जना बेलबारीका पुरुष रहेको उनले बताए ।

    आइतबारसम्म एक सय ८२ जनाको एन्टिजेन परीक्षणमा २७ जनामा पोजेटिभ देखिएको उनले बताए । केही दिनअगाडिको तुलनामा खुला सीमा नाकामा कडाइँ गरिएसँगै रानी नाका हुँदै नेपाल प्रवेश गर्नेको सङ्ख्या केही बढेको उनको भनाइ छ ।

    रानी नाका हुँदै नेपाल प्रवेश गर्नेमा एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका सङ्क्रमित भने यताउता भौँतारिएर बस्ने गरेका छन् । आइतबार पोजेटिभ देखिएका सङ्क्रमित हेल्पडेक्स नजिकैको खुला स्थानमा भौँतारिएर बस्न बाध्य थिए ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …