• बैशाख १९, काठमाडौँ । नेपालमा एकैदिन ७ हजार २११ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । पीसीआर विधिबाट गरिकएको परीक्षणमा ७ हजार १३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ । यही अवधिमा थप १ हजार ६१२ जना निको पनि भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन् ।

    पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ३ सय २५ जनाले ज्यान गुमाइसकेका छन् ।

    मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा ५, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ८५, ताप्लेजुङमा २, तेह्रथुममा १, धनकुटामा पाँचथर १, भोजपुरमा २, मोरङमा २४९, संखुवासभामा १, सुनसरी ७२ र सोलुखुम्बुमा १ जनामा कोरोना भेटिएको छ।

    यसैगरी प्रदेश २ को धनुषामा २८८, पर्सामा ११२, बारामा ४४, महोत्तरीमा १०७, रौतहटमा ३६, सप्तरीमा १७, सर्लाहीमा २७ र सिरहामा ३२ जनामा कोरोना पाइएको छ।

    बागमती प्रदेशको काठमाडौंमा मात्र २७ सय ४४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २३, चितवनमा ७७, दोलखामा ८, धादिङमा १२०, नुवाकोटमा ४६, भक्तपुरमा ३०१, मकवानपुरमा १६९, रसुवामा ४, रामेछापमा १३, ललितपुरमा ५५०, सिन्धुपाल्चोकमा ३३ र सिन्धुली ३२ जनामा कोरोना पुष्टि भएको छ।

    गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ६९, गोरखामा १६, तनहुँमा १४, नवलपरासी पूर्वमा १९, पर्वत ७, म्याग्दी ७, लमजुङमा ८, बागलुङमा ६ र स्याङजामा ६ जनामा कोरोना भेटिएको छ।

    कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३७, कपिलवस्तुमा ४१, गुल्मीमा ११, दाङमा १३३, नवलपरासीमा ८०, पाल्पामा ११, प्यूठानमा ३, बर्दियाका ५१, बाँकेमा ४०६, रुकुम पूर्व ५, रुपन्देहीमा ४६६ र रोल्पामा ५ जना छन्।

    यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ७, जुम्ला १०, डोल्पा १, दैलेखमा २५, मुगु ७, रुकुम पश्चिममा १, सल्यानमा ५, सुर्खेतमा १७४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ८ , कञ्चनपुरमा २४, कैलालीमा २३२, डडेल्धुरामा २८, डोटी १९, दार्चुला १, बझाङमा १, र बैतडीमा ३८ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…