• विराटनगर, १९ वैशाख : प्रदेश १ मा आइतबार एकै दिन अहिलेसम्मकै सवैभन्दा धेरै ४१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    ९ सय ७८ जनाको पीसीआर परीक्षणगर्दा १७० महिला र २४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, तेह्रथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    संक्रमण विराटनगरमा पनि उच्च दरमा बढेको छ । मन्त्रालयका अनुसार आइतबार विराटनगरमा ९८ महिला र १०२ पुरुष सहित २०० जनामा कोरोना पुष्टि भएको हो ।

    सुन्दरहरैचामा १६, बुढीगंगामा ६, बेलबारीमा ४, उर्लाबारीमा ३, रतुवामाई र सुनबर्षीमा २–२, धनपालथान, जहदा, कानेपोखरी, कटहरी, रंगेली, ग्रामथान, र पथरीशनिश्चरेमा १–१ र स्थानीय तह नखुलेका २ जनामा कोरोना देखिएको छ ।

    त्यसैगरी सुनसरीको इटहरीमा ३१, इनरुवामा १०, रामुधुनीमा ८, धरानमा ५, देवानगञ्जमा ४, बराहक्षेत्र र हरिनगरमा, कोशी गाउँपालिका र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, बर्जु र गढीमा १–१, झापाका दमकमा २३, कमल गाउँपालिकमा ११, हल्दिबारीमा ३, भद्रपुर, मेचीनगर र स्थानीय तह नखुलेका २–२, कनकाईमा १ जना संक्रमित भएका छन् ।

    तेह्रथुमको म्याङलुङमा ५, संखुवासभाको खाँदबारीमा ४, उदयपुरको त्रियुगामा ३, इलामको इलाम नगरपालिका र माईजोगमाईमा १–१, खोटाङको हलेसी तुवाचुङ र धनकुटाको महालक्ष्मीमा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३३ हजार ३३४ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ६५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ७६९ पुगेको छ ।

     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…