• विराटनगर / चोरबाटो हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुई जना अवैध भारतीय रुपैयाँ कारोबारीलाई पक्राउ गरेर प्रहरीले विराटनगर भन्सारमा बुझाएको छ ।


    आइतबार राति नौ बजेतिर विराटनगर–१६ दरैयास्थित सीमाक्षेत्र हुँदै भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्दे गरेको अवस्थामा सशस्त्र प्रहरीको सीमा सुरक्षा गस्ती टोलीले ११ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१६ शान्ति टोलका २३ वर्षीय अमोद यादव र विराटनगर–१५ हड्तालीहाट बस्ने १८ वर्षीय अभिषेक चौधरीलाई रहेका छन् । चौधरीको स्थायी ठेगाना भारत, कटिहार नगरपञ्चायत–४४ नयाँटोल भएको प्रहरीले जनाएको छ ।

    अवैध बाटो हुँदै भारतबाट नेपाली रुपैयाँ नेपाल र नेपालबाट भारतीय रुपैयाँ भारत लाने गिरोह नै सक्रिय छ, जसलाई निर्मूल पार्न सशस्त्र प्रहरी लागिपरेको छ ।सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) दरैयाको गस्ती टोलीले पक्राउ गरेका यादवको साथबाट पाँच लाख र चौधरीका साथबाट साढे ६ लाख नेपाली रुपैयाँ फेला परेको छ ।

    सीमा सुरक्षा गस्ती टोलीले जाँच गर्दा यादव र चौधरीले दुवै खुट्टामा निक्यापमा पाँच सय दरका गड्डीहरू बाँधेको अवस्थामा फेला पारेको थियो ।
    अवैध गतिविधिमा संलग्न दुवैलाई एन्टिजेन परीक्षणपश्चात् सोमबार विराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    तीन लाख रुपैयाँभन्दा बढी रकम व्यक्तिले साथमा बोकेर हिँड्न कानुनी रूपमा प्रतिबन्ध छ । सशस्त्र प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार पक्राउ परेका युवाहरू नेपाल तथा भारत दुवैतर्फ रहेका हुन्डी कारोबारका भरिया हुन् । अवैध बाटो हुँदै भारतबाट नेपाली रुपैयाँ नेपाल र नेपालबाट भारतीय रुपैयाँ भारत लाने गिरोह नै सक्रिय छ, जसलाई निर्मूल पार्न सशस्त्र प्रहरी लागिपरेको छ ।
    भन्सारले बरामद रकम जफत गरी पक्राउ परेकालाई धरौटीमा छोड्ने र कानुनी प्रक्रिया अघि बढाउने बताइएको छ ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …