• मोरङ । मोरङको पथरीशनिश्चरे नगरका पत्रकारहरुका लागि आचारसंहिता तथा कानुनी परामर्श सम्बन्धी कार्यक्रम शुरु भएको छ ।


    सोमबार पथरीशनिश्चरे नगरका कार्यपालिका तथा न्यायिक समिती सदस्य भद्रमान बिक, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राई, न्यायिक समितिका उजुरी प्रशासक विस्वमणी निरौला, नेपाल पत्रकार महासंघ मोरङका निबर्तमान सहसचिव शन्तोष राई लगायतले तालिमको सफलताको शुभकामना दिएका थिए । कार्यक्रम आयोजक कानेपाखोरी मिडिया प्रा.ली.का अध्यक्ष दिनेश सुब्बाले सञ्चालन गरेका थिए । 


    तीन दिनसम्म चल्ने कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान १ नम्बर प्रदेशका कार्यकारी प्रमुख यज्ञ शर्मा, कानुन ब्यबसायी तथा नगरको कानुनी सल्लाहकार दीपक राई र नेपाल पत्रकार महासंघ पूर्ब मोरङ जिल्ला अध्यक्ष महेन्द्र बिष्ठले सहजिकारण गर्नेछ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै आयोजित कार्यक्रममा पथरीशनिश्चरेका २५ जना पत्रकारहरु सहभागि हुने आयोजकले जनाएको छ । 


    सामाजिक सञ्जात तथा आम सञ्चार माध्यमहरुमा पत्रकार र आम नागरिकहरुले लेख्न, हुने नहुने बिषय छुट्याउन नसक्दा बेलाबेलामा समाजमा गम्भीर समस्या पैदा हुनेगरेको छ । नगरमा हुने यस्ता समस्या न्युनिकरण गर्ने उदेश्यले पथरीशनिश्चरे नगरपालिकाको सहकार्यमा तालिमको आयोजना गरिएको कानेपोखरी मिडिया प्रा.ली.का अध्यक्ष दिनेश सुब्बाले बताए । 
     

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…