• ईलाम- बुधराज लिम्बू, योङहाङ
     राष्ट्रिय युवा सँग नगर कमिटी अध्यक्ष कुमार लिम्बू, युवा सशक्तीकरण  नगर अध्यक्ष दिपेन्द्र सुब्बाको नेतृत्वमा  संयुक्त आयोजनामा कोभिड-१९ विरुद्ध  सचेतना कार्यक्रम सम्पन्न भएको छ।

    सुखानी सहित फन पार्क झापा देखि माइ प्रवेश गर्ने नाकामा आज निशुल्क माक्र्स वितरण तथा सेनिटाइजर प्रयोग गर्न सचेतना  कार्यक्रम आयोजना गरिएको राष्ट्रिय युवासँग  नगर कमिटी अध्यक्ष कुमार लिम्बू ले जानकारी दिए।

    यसपटकको कोरोना भाइरस पहिला जस्तो सामान्य नभई सबैका लागि घातक रहेको र उक्त संक्रमण बाट वचन सबै सचेत नभए भोलि बिचरा भन्न बाहेक केही गर्न नसकिने बताए, त्यसकारण बेलैमा सबै सचेत हुनुपर्ने नगर अध्यक्ष लिम्बुको भनाइ रहेको छ।

    उक्त सचेतना अभियानमा बोल्दै दिपेन्द्र सुब्बाले भने, हामी सबै जना सचेत रहेर यो  कोभिड-१९ लाई पराजित गर्नुको विकल्प छैन। हामी सबै अनावश्यक घर बाहिर नजाऔ भिडभाडमा पनि आफु लाई उपस्थिति नगराऔ, जानै परे स्वास्थ मापदण्ड पूरा गरेर मात्र जान सल्लाह दिए।

    युवा संघले यो भन्दा अघि पनि  नगरबासी लाई सुरक्षीत रहन विभिन्न सामाजिक संजाल द्वारा अपील समेत गरिएको बताए। सचेतना अभियान मार्फत आज मात्र  करिब ४०० माक्र्स निशुल्क वितरण गरिएको सचेतना कार्यक्रमका आयोजकहरुले जानकारी दिए।

    यसगरी घरमै सुरक्षीत बसेर कोरोना भाइरसको सामना गर्न र सरकार लाई सहयोग गर्न सो कार्यक्रमका सम्योजकहरुले अनुरोध समेत गरेका थिए।
     
    राष्ट्रिय युवा सँग र युवा सशक्तीकरण समुहको सहकार्यमा आजै २० जना युवाहरुको समुह निर्माण गरी माइ नगर प्रवेश गर्ने प्रत्येक सवारी साधन लाई रोकेर निशुल्क माक्र्स वितरण गरेका थिए, भने अनावश्यक रुपमा बाहिर हिड्डुल नगर्न अनुरोध गरेको छ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…