• काठमाडौं। नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार बसेको पार्टी स्थायी समितिको बैठकले २०७४ फागुन ३ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। माओवादीले समर्थन फिर्ता लिएसँगै नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ।

    माओवदी केन्द्रका स्थायी समिति सदस्य गणशे शाहले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिए। यसअघि २०७४ फागुन ३ मा माओवादीले समर्थन गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए। तर, माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ।

    प्रधानमन्त्री ओलीले आफैले संसदमा यही वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरिसकेका छन्। र सोही अनुसार संसदको अधिवेशन पनि आव्हान भइसकेको छ। मंगलबार माओवादीको स्थायी समितिले समर्थन फिर्ता निर्णय गरेसँगै उसले २७ गते प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्ने निश्चित भएको छ। त्यसो त माओवादी केन्द्रले पुनःजीवन पाएसँगै प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएको थियो।

    यस्तै माओवादी केन्द्रले लुम्बिनीको शंकर पोखरेल सरकारलाई असंवैधानिक भनेको छ। अल्मपतमा हुँदाहुँदै पनि एमालेले लुम्बिनीमा सरकार बनाएको भन्दै सो सरकार असंवैधानिक रहेको माओवादीको निष्कर्ष छ। यस्तै सरकारले सोमबारमात्र सुदूरपश्चिम र गण्डकी प्रदेश प्रमुखलाई पदमुक्त गरेकोमा पनि आपत्ति जनाएको छ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…