• विराटनगर, २१ वैशाख : प्रदेश १ मा  मंगलबार ६११ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६६, झापामा १६६, सुनसरीमा १२७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २–२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३४ हजार ५५२ पुगेको छ । सोमबार थप १ हजार ३१६ जनाको पीसीआर परीक्षण गरिएकोमा २५५ महिला र ३५६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको हो ।

    मोरङको विराटनगरमा ९० महिलार १०३ पुरुष सहित १९३, सुन्दरहरैचामा १५, कटहरी र बेलबारीमा १२–१२, बुढीगंगामा ९, धनपालथानमा ५, पथरीशनिश्चरेमा ४, मिक्लाजुङ, जहदा, रंगेली र सुनबर्षीमा ३–३, उर्लाबारीमा २, रतुवामाई र ग्रामथानमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

    झापाको भद्रपुरमा ३६, विर्मामोडमा २४, दमकमा १९, मेचीनगरमा १६, विर्तामोडमा १४, कनकाईमा १२, गौराहदमा ११, अर्जुनधारामा ८, कमल गाउँपालिकामा ७, हल्दिबारीमा ६, बुद्धशान्ति, गौरादह र शिवसताक्षीमा ३–३, बाह्रदशीमा २, गौरीगञ्ज र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    सुनसरीको धरानमा ४९, इटहरीमा ३७, इनरुवामा १८, बर्जु, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा ४–४, दुहवीमा ३, हरिनगरमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१, उदयपुरको कटारीमा ६, उदयपुरगढीमा ४ र स्थानीय तह नखुलेका १, इलामको सुर्योदय, माईजोगमाई, माई र इलाम नगरपालिकामा १–१, ताप्लेजुङमा २, खोटाङको खोटेहाङ र साकेलामा १–१, संखुवासभाको खाँदबारीमा २, धनकुटामा २ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको जनाइएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…