• कोरोना भाइरस सङ्क्रमणको कठिन परिस्थितिसँग जुधिरहेको भारतमा जन्मिएका जुम्ल्याहा बच्चाको नाम कोभिड र कोरोना राखिएको छ ।


    भारतको छत्तिसगढको राजधानी रायपुरमा एक महिलाले कोरोना भाइरसको महामारीबीच जुम्लयाहा बच्चालाई जन्म दिएपछि उनीहरुको नाम कोभिड र कोरोना राखिएको हो । अहिले दुनियाँमा आतङ्कको पर्याय बनेको कोरोना भाइरसको महामारीबीच जन्मिएका छोरा र छोरीलाई उनले नाम पनि यहीसँग सम्बन्धित दिएकी छिन् ।

    रायपुरको पुरानो बस्तीमा बस्ने विनय र प्रीति बर्माले आफ्नो जुम्ल्याहा बच्चालाई यो नाम दिएको भारतीयको चर्चित पत्रिका हिन्दुस्तान टाइम्समा उल्लेख गरिएको छ । प्रीतिले एक साताअघि जुम्लयाहा बच्चालाई जन्माएकी हुन् । दुवै बच्चाको स्वास्थ्य अवस्था राम्रो छ । उनले छोराको नाम कोभिड र छोरीको नाम कोरोना राखेको सञ्चार माध्यममा उल्लेख गरिएको छ ।

सम्वन्धित समाचार

विदेश न्युयाेर्क, ६ चैत  । भारतका अन्वेषकले पहिलो पटक एसियाली हात्तीहरूले पनि मरेका अाफ्ना छावा कसर…

मोरङ । नेकपा (एमाले) मोरङ स्थित पथरीशनिश्चरे नगरपालिका १ नं. वडा पार्टीको अध्यक्षमा अहिले निर्वाचन भइरहेक…

लण्डन, १५ मंसिर भूपू गोर्खाहरुको मागलाई सम्बोधन गर्न बेलायत–नेपाल सरकार र आन्दोलनरत भूपूगोर्खाबीचक…

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघका महासचिव गौरीराज जोशीकी आमा भूपकुमारी जोशीको स्मृतिमा श्रद्धाञ्जल…