• विराटनगर, २२ वैशाख : प्रदेश १ मा बुधबार ५७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९६, झापामा १७८, सुनसरीमा १०१, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    बुधबार एक हजार ३२१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२५ महिला र ३५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको हो ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार १२९ पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ९० संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ४ हजार ५११ पुगेको छ ।

    बुधबार मोरङको विराटनगरमा ६६ महिला र ८८ पुरुष सहित १५४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी सुन्दरहरैचामा ११, कटहरीमा ७, पथरीशनिश्चरेमा ६, कानेपोखरीमा ४, उर्लाबारीमा ३, बेलबारी, धनपालथान र जहदामा २–२, रंगेली, लेटाङ, मिक्लाजुङ, ग्रामथान, स्थानीय तह नखुलेका १–१ जना सं क्रमित भएका छन् ।

    झापाको विर्तामोडमा ४२, भद्रपुरमा ३४, दमकमा ३२, कनकाईमा १४, मेचीनगरमा ११, अर्जुनधारा र कमल गाउँपालिकामा ९–९, स्थानीय तह नखुलेका ६, गौरादहमा ५, शिवसताक्षी र झापा गाउँपालिकामा ४–४, बुद्धशान्ति र कचनकवलमा ३–३, हल्दिबारीमा २ जनाको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

    सुनसरीको धरानमा ६०, इनरुवामा १८, इटहरीमा ९, बराहक्षेत्रमा ३, बर्जु, दुहवी र स्थानीय तह नखुलेका २–२, भोक्राहानरसिंह, गढी, हरिनगर, रामधुनी र कोशी गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १६, छथर र स्थानीय तह नखुलेका २–२, महालक्ष्मी र पाख्रिवासमा १–१ जना पोजेटिभ छन् ।

    इलामको इलाम नगरपालिकामा ९, रोङमा ५, देउमाईमा २, स्थानीय तह नखुलेको १, संखुवासभाको चैनपुरमा ४, धर्मदेवीमा ३, चिचिलामा १, उदयपुरको त्रियुगा र रौतामाईमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर र पौवादुङ्मामा २–२, पाँचथरको मिक्लाजुङ, कुम्मायक, याङवरकमा १–१, खोटाङको जन्तेढुङ्गामा १, ताप्लेजुङको फुङलिङमा १, तेह्रथुमको म्याङलुङमा १ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

               

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…