• लेटाङ । मोरङको लेटाङ नगरपालिका–५ का २७ वर्षीय उगेन मगर बुधबार बिहान १० बजेतिर घरबाट माछा मार्नका लागि भनेर निस्किए ।


    परिवारले प्रहरीलाई दिएको जानकारी अनुसार उनी पथरीशनिश्चरेमा रहेको एउटा पोखरीमा माछा मार्नका लागि भनेर घरबाट हिँडेका हुन् । तर उनी राति अवेरसम्म घर फर्किएनन् । घर नफर्किएपछि परिवारका सदस्य, आफन्त र स्थानीय बासिन्दाले खोजी गर्न थाले ।

    खोजी गर्दै जाँदा अघिल्लो दिन घरबाट हिँडेका मगर भने भोलिपल्ट बिहीबार ९आज० बिहान मृत फेला परेका छन् । जङ्गलमा शव भेटिएको जानकारी प्रहरीले बिहान ९ बजेतिर प्राप्त गर्यो । माछा मार्न पथरीशनिश्चरे हिँडेका उनको शव लेटाङकै एउटा जङ्गलमा भेटिएपछि प्रहरीले गम्भीर रुपले घटनाको अनुसन्धान थालेको छ ।

    इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान थाल्दै शवलाई पोस्टमार्टमका लागि लैजाने तयारी गरिरहेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मृत्युलाई शङ्कास्पद मानेर घटनाको अनुसन्धान अघि बढाइएको छ ।

    लेटाङकै त्रिवेणी सामुदायिक वनभित्र मगरको शव फेला परेको जानकारी राईले दिए । घटना कसरी भएको हो भन्ने यकिन हुन नसकिरहेको उनको भनाइ छ । मगरको हत्या भएको हुनसक्ने आशङ्का पनि गरिएको छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएर विस्तृत रुपमा अनुसन्धान गरिएपछि मगरको हत्या भएको हो या हैन भन्ने बारेमा प्रष्ट हुने डीएसपी राईले बताए ।

सम्वन्धित समाचार

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री …

मोरङ । मोरङको पथरीशनिश्चरे–४ की बर्षा दर्जी (कंसाकार) कुटपिट भएको बारेमा समाचार आउन थालेपछि घट्ना…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका ७ लामाटोलीमा बस्दै आएकी २८ बर्षिय मोनिका राई (अणु) हराएपछि उनको च…

मोरङ । स्थानीय तह गठन भएपछि मोरङको कानेपोखरी गाउँपालिकामा साढे दुई करोडको वडा कार्यालय भवन निर्माण भएक…