विराटनगर / प्रदेश १ का १८ जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश १ महासचिव विवेक गौतमका अनुसार बिहीबारसम्म १८ जना पत्रकारलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
गौतमका अनुसार मोरङमा ६, झापा ७ , सुनसरी दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै पाँचथर, खोटाङ र ओखल्ढुङ्गा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था बुझेर उपचारमा महासङ्घले समन्वय गरिरहेको उनले बताए ।