• काठमाडौं, २४ वैशाख । अर्थ मन्त्रालयले बजेटको तयारीलाई तिव्र बनाएको छ । यो वर्ष करिब १७ खर्बको बजेट ल्याउने सरकारको तयारी छ ।


    प्रधानमन्त्री केपी शर्मा ओली मध्यवधी निर्वाचनको तयारीमा रहेकाले केही लोकप्रिय कार्यक्रम ल्याउन लागिएको छ । जसअन्र्तगत कर्मचारीको तलब बृद्धि, बृद्ध भत्ता बृद्धि लगायत छन् । कोरोना महामारीका कारण भत्ता र तलब बृद्धिमा सरकारलाई दबाब भएपनि थोरै भएपनि बढाउने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोत बताउँछ । त्यसो त प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै बृद्धभत्ता र तलब बढाउने घोषणा गरिसकेका छन् । जसकारण पनि उनी थोरै भएपनि बढाउनुपर्ने दबाबमा छन् ।

    गत वर्ष पनि कर्मचारीको तलब बढेको थिएन । कर्मचारीले पनि तलब बृद्धिका लागि दबाब दिइरहेका छन् । नेपालमा सरकारबाट तलब खाने करिब ६ लाख कर्मचारी तथा शिक्षक छन् ।-दृष्टिबाट/

सम्वन्धित समाचार

साहस र नेपाली एकअर्काको पर्यावाची जस्तै मानिन्छ । विश्वमा नेपालीलाई चिनाउने एउटा विशेषण हो, साहसी । अर्था…

राजेन्द्र महतो लहान असार ३० गते।सिरहामा खाल्डोमा जमेको पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ। जिल्ला को …

मोरङ । मोरङको कानेपोखरी स्थित ग्रामिण सुधार सामुदायिक वन उपभोक्ता समूहले सात हेक्टर क्षेत्रमा बिरुवा रोप्न…

मोरङ । मोरङ बेलबारी ८ राधानगरमा सुक्रबार सामुहिक रकम (पैसा)को बिषयमा कुटपिटहुँदा पथरीशनिश्चरे १ बुद्ध …