• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा करिव एक महिना पछि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल आएका छन ।


    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमलासहित तीन कर्मचारी र तीन उपभोक्ता समितिका पदाधिकारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएर निलम्बनमा परेपछि चैत्र १९ गतेदेखि नगर प्रशासकीय प्रमुख विहिन थियो ।


    प्रमुख प्रशाकीय अधिकृत नहुदा करिव एक महिनादेखि सेवाग्रहीहरुले  समस्यामा झेल्दै आएका थिए । नगर खालि भएको एक महिना ५ दिनपछि सुक्रबार उपसचिव लक्ष्मीप्रसाद खरेल प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका हुन् । 


    नायव सुब्बाबाट सेवा प्रवेश गरेका खरेल जिल्ला मालपोत कार्यालय झापामा कार्यरत रहदा उपसचिवमा बढुवा भएपछि तालिम सेकर पथरी शनिश्चरेमा नगरमा प्रमुख प्रशासकीय प्रमुखका रूपमा आएका हुन् ।  पथरीशनिश्चरे नगरमा चुरे संरक्षणबाट आएको २५ लाख रकम करिव आधा रकमको पोखरी खनेर काम पुरा गरेको फर्जी प्रतिवेदन तथा बिल, भपाई बनाएर करम निकासी गरी अनियमितता गरेका थिए । 


    सो बिषय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । खख्तियारले अनुसन्धान गरी धमलासँगै इन्जिनियर कृष्णप्रसाद कोइराला, सबइन्जिनियर लीलाराज भट्टराई, चुरे संरक्षण पोखरी निर्माण उपभोक्ता समितिका अध्यक्ष कुलबहादुर गुरुङ, सचिव नवीन ढकाल र कोषाध्यक्ष विनिता देवानविरुद्ध २४ लाख २७ हजार बिगो कायम गरी अख्तियारले २०७७ चैत्र १९ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


    सोही दिनदेखि नगरका तीन कर्मचारी र तीन उपभोक्ता समिति सदस्य सार्वजनिक पदबाट निलम्बनमा परेका थिए । आधा जाति काम गरेर पुरा भएको फर्जि बिल, भपाई र प्रतिबेदन बनाई रकम निकासा गरेका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी विरुद्ध अख्तियारमा मुद्धा परेपछि नगरको खातामा जम्मा गरेका थिए । 


    पथरीशनिश्चरे नगरपालिकाले अघिल्लो कोभिड माहामारीको बेला आवश्यक भन्दा बढी १० लाख रकम पेश्कि निकालेको, पेश्चि फछ्र्योट गर्ने स्वास्थ्य कर्मचारी मुरारी आचार्यले चटपटेकोसम्म विल राखेको र सरकारले निशुल्क गर्न दिएको स्वब संकलनको रकम लिएको बिषयमा पनि आयोगको अनुसन्धानको क्रममा रहेको छ ।  


     

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …