• काठमाडौं। विगत लामो समयदेखि एक अर्कालाई सिध्याउने खेलमा लागेका नेकपा एमालेका दुई नेताहरु प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीचमा अन्ततः विवाद नबढाउने सहमति भएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर प्रधानमन्त्री ओली र नेता नेपालबीच बिहीबार राति यस्तो सहमति भएको हो। तर दुवै पक्षले सहमति सार्वजनिक गरिसकेका छैनन्। एमाले नेता नेपाल निकट स्रोतका अनुसार नेता नेपालले यसबारेमा आफू निकटस्थ केही एमाले नेतालाई जानकारी पनि गराएका छन्।

    राष्ट्रपति भण्डारीलाई साक्षी राखेर दुई नेताबीच भएका सहमति अनुसार पार्टी अध्यक्ष ओलीले नेता नेपालसहितका नेतामाथि भएको कारवाही फिर्ता लिने र नेपाल समूहले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेछन्।

    नेता नेपाल निकट स्रोतका अनुसार बिहीबार राष्ट्रपति भण्डारीले माधव नेपाललाई भेट्न बोलाएकी थिइन्। नेता नेपाल साँझ सात बजे शितल निवास प्रवेश गरेका थिए।

    राष्ट्रपति भण्डारीलाई साक्षी राखेर दुई नेताबीच भएका सहमति अनुसार पार्टी अध्यक्ष ओलीले नेता नेपालसहितका नेतामाथि भएको कारवाही फिर्ता लिने र नेपाल समूहले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनेछन्।

    नेता नेपाल र राष्ट्रपतिबीच छलफल चलिरहेकै बेला प्रधानमन्त्री ओली पनि शितल निवास पुगेका थिए। त्यसपछि राष्ट्रपतिलाई साक्षी राखेर दुई नेताबीच विवाद अघि नबढाउने सहमति भएको हो।

    स्रोतका अनुसार वैशाख २७ अगाडि नै नेता नेपालसहितका नेतामाथि गरिएको कारवाही फिर्ता लिन ओली सहमत भएका छन्। अब बस्ने संसदीय दलको बैठकमा माधव नेपाल समूहका सांसद सहभागी हुनेछन्।

    त्यसपछि महाधिवेशन आयोजक कमिटीको बैठक र स्थायी कमिटीको बैठकमा वरिष्ठ नेता माधव नेपालसहिका उनको समूहका नेता सहभागी हुने सहमति भएको छ।

    र, २७ वैशाख अगाडि नै नेपाल समूहमाथिको कारवाही फिर्ता लिने सहमति भएको छ। आफूहरु माथिको कारवाही फिर्ता लिन ओली तयारी भएपछि वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नेपाल तयार भएका हुन्।

    को को थिए पर्दा पछाडि

    व्यवहारिक रुपमा विभाजन भइसकेको नेकपा एमालेलाई कानुनी रुपमा विभाजनबाट रोक्न दुवै पक्षका दोस्रो तहका युवा नेता सक्रिय थिए। माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्टले दुवै समूहका शीर्ष नेतालाई भेटेर एकताको पक्षमा दबाव दिएका थिए भने ओली समूहबाट प्रदीप ज्ञवाली, सुवास नेम्वाङ र विशाल भट्टराईले एकताको पक्षमा भूमिका निर्वाह गरेका थिए।

    स्रोतका अनुसार दुवै पक्षका नेताले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीभित्रको विवाद समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए। राष्ट्रपतिले पार्टीको विवादमा आफूलाई प्रवेश नगराउन आग्रह गरेपनि नेताहरुले अन्तिम पटक पार्टी एकताको लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेपछि बिहीबारको भेटवार्ता संभव भएको हो।

    बिहीबार भएको सहमति राष्ट्रिय सभाको आगामी निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा बादललाई मत हालेर जिताउने सम्म पुग्छ कि पुग्दैन भन्ने हेर्न बाँकी छ। किनभने भने निर्वाचनमा माधव नेपालले आफ्नै उम्मेद्वार उठाएका छन्। माधव नेपालले उठाएका उम्मेद्वारलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि समर्थन गरेका छन्। तर माधव नेपालले ओलीसँग सहमति गरेपछि कांग्रेस र माओवादीले के गर्छन् भन्ने निश्चित भएको छैन।/मदन कोइराला(Dc nepal)

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…