• मोरङको रतुवामाई नगरपालिकाको कार्यालय। तस्बिर :तेजन खड्का

    कोरोना भाईरसको नयाँ भेरियन्स सहितको संक्रमणको जोखिम बढ्दै गएपछि नगरपालिका कार्यालयमा आज बसेको नगर स्तरीय कोभिड १९ संकट व्यवस्थापन समितीको बैठकलेआज राती १२ बजेदेखी अत्यावश्यक बाहेकका सबै बजार पसल बन्द गर्ने निर्णय गरेको छ । बैठकले अर्को निर्णय नभएसम्म नगरपालिका र वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा समेत बन्द गर्ने निर्णय गरेको छ ।


    खाद्यबस्तु लगायत निर्माण सामाग्रीका पसलहरु भने स्वास्थ्य मापदण्डको पालना गर्दै दिउँसो १२ बजेसम्म खुल्न पाउने भएका छन् । यसको अनुगमन तथा पालना गराउन सुरक्षाकर्मी खटिनेछन् । यस्तै भारतसँगको सिमा क्षेत्रमा थप कडाई गरी स्थलमार्गबाट आवागमन निषेध गर्ने निर्णय गरेको छ ।


    बैठकले नगरपालिका भित्र रहेका बैँक तथा बित्तिय संस्थाहरुले मध्यान्न १२ बजेसम्म मात्र सेवा प्रदान गर्ने निर्णय गरेको छ । बैठकले पिसिआर र एन्टिजेन परीक्षणलाई तिब्रता दिनुका साथै क्वारेन्टाईन र आईसोलेसन व्यवस्थापनलाई अघि बढाउने पनि निर्णय गरेको छ । यसका साथै कोभिड(१९ बाट प्राभावित व्यक्तिहरुको स्वास्थ्य उपचारका लागि निशुल्क रुपमा एम्बुलेन्स सेवा समेत प्रदान गरिने भएको छ । बैठक बाट नगर प्रमुख रविन राई ज्युले अनिवार्य रुपमा माक्सको प्रयोग गर्ने,अनावश्यक रुपमा हिडडुल नगर्ने र घरमै सुरक्षित रुपमा बसेर कोभिड बाट आफु पनि बच्न र अरुलाई पनी बचाउन अपिल गर्नु भएको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…