दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण व्यापक फैलिएसँगै उर्लाबारीमा १० बेडको कोभिड अस्पताल बनाउने योजना सुरु भएको छ ।
उर्लाबारी–३ मङ्लवारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पहिलो चरणमा १० बेडको र क्रमशः आवश्यकता अनुसार थप गर्दै अघि बढाउने तयारी भएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिएका छन् ।
उर्लावारीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनु नपरोस् भन्ने हेतुले नगरपालिकाको क्षमताले भ्याएसम्म भरपुर साथ र सहयोगमा जुट्ने मेयर फागोले बताएका छन् ।उनले नगरबासीहरुलाई निषेधाज्ञा पूर्ण रुपमा पालना गरी कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन आह्वान पनि गरेका छन्।