•    बुधराज योङहाङ,
    इलामको माई नगरपालिकामा  युवा सशक्तीकरण नगर संजाल को  आयोजनामा कोरोना भाइरस (कोभिड १९) विरुद्ध हेल्फ डेक्स  संचालन आज देखि सुरु भएको छ।

    माइ नगरपालिकामा PCR टेस्ट गर्दा ९०% कोरोना भाइरस संक्रमण देखा परेपछि यो कार्यक्रम शुरूवात गरिएको हो। यस अघि १६ जना लाई पि सि आर टेस्ट गर्दा १३ जना पोजेटिभ देखिए छ। हालसम्म-१७ जना लाई कोभिड-१९  देखिए सङै आज देखि  सुखानीसहित फनपार्क तथा  झापादेखि माई प्रवेश गर्ने  मुल नाकामा सुरक्षा कर्मि, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा युवा सशक्तीकरणको सहयोगमा उक्त कार्य सुरु भएको जानकारी नगर सचीव पबित्र बुर्जा मगरले दिनुभयो ।

    कोभीड-१९ पहिलेको जस्तो सामान्य नभई  घातक भएकोले सचेत हुनु र गराउन पनि हेल्फ डेक्स संचालनको  अभियान सुरु  गरिएको कुसुम दोर्जे तामाङ ले जानकारी दिए ।

     कोरोना भाइरस बाट बच्न अनावश्यक घर बाहिर हिडडुल नगर्न सुझाव दिन यो अभियान सुरु  गरिएको युवा सशक्तिकरण समूहका सदस्य तथा २ नम्बर वाड युवा सशक्तीकरण को सचीव बिशाल खड्का ले जानकारी दिए।

    आज पहिलो दिन अभियानको   क्रममा १५० पिस   मास्क वितरण गर्दै  निरन्तर मास्क प्रयोग गर्न सम्पुर्ण माइ बासीलाई अपील सहित अनुरोध गरिएको अर्का युवा सशक्तीकरण सदस्य मन बहादुर खड्काले बताए।

    युवा सशक्तीकरण नगर संजाल संयोजक को नेतृत्व मा  करिब १८ जना युवाहरु परिचालन गरि  नगरपालिका प्रवेश गर्ने प्रत्येक सवारी लाई कडा निगरानी गर्दै  आज देखि अनावश्यक झापा /इलाम ओहोर दोहोर नगर्न सुझाब दिदै ओहोर दोहोर गर्नु परेमा स्वास्थ मापदण्ड लाई पालना गर्न अपिल गरिएको छ।

     आफू पनि बाच्नु र अरु लाई पनि बचाउन तथा  सुरक्षीत रहन सचेत नागरिकको परिचय  हो,  नगर पालिका लाई सुरक्षीत गर्नु युवा हरु को कर्तव्य भएको ले यो अभियान संचालन गर्दै युवाहरुले आफ्नो  कर्तव्य पूरा गरेको नगर अध्यक्ष संगम सुब्बा ( दिपेन्द्र सुब्बा ले ) बताए।

    अध्यक्ष सुब्बा ले सम्पुर्ण माइ बासी लाई यश महामारी को समयमा  घरमा सबेर सरकार र युवा हरु लाई सहयोगको अपिल समेत गर्नु भएको छ ! 

    आज यश कार्यक्रम ब्यबस्थापन गर्न सहयोग गर्नु हुने कुमार लिम्बू पासाङ  तामाङ / जनप्रतिनिधि महिन्द्र बुढाथोकी तथा सम्पुर्ण सहयोगी लाई  नगर अध्यक्ष सुब्बा  ले धन्यवाद ब्यक्त गरेका छन। यस सम्पुर्ण कार्यक्रम गर्नलाई आर्थिक सहयोग गर्ने स्थानीय सरकार तथा नगर पालिका लाई समेत धन्यवाद ज्ञापन गर्नु भएको छ

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…