उर्लाबारी । उर्लाबारी नगरपालिकाको कार्यालय जेठ ४ गतेसम्म बन्द रहने भएको छ । कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएकाले अतिआवश्यक बाहेक सम्पूर्ण काम बन्द गरिएको हो ।
उर्लाबारीमा समुदाय स्तरमा समेत संक्रमण दर दिनानुदिन बढ्दै गएको हुँदा संक्रमणलाई फैलिन नदिन, जोखिम न्यूनिकरणका लागि नगरपालिका तथा मातहतका कार्यालय बन्द गरिएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिनुभयो ।
उहाँले उर्लाबारी नगरबासीहरुलाई सचेत र सजग बन्न समेत अपिल गर्नुभयो । उर्लाबारीमा जोखिम बढेकाले अतिआश्यक कामबाहेक घर बाहिर नजान सबैलाई आग्रह गर्नुभएको छ ।