• उर्लाबारी । पहिलो चरणको कोरोना भाइरसको संक्रमण फैलिएसँगै उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको चौतर्फी चर्चा थियो ।

    कारण थियो, उहाँले चलाएको ‘भाटे कार्वाही’ । मान्छे मरेपछि लास उठाउनुभन्दा मृत्युबाट जोगाउन भाटा उठाउँछु भन्दै चलाएको भाटे कार्वाहीको चर्चा र विरोध दुबै भयो । तर, अधिकांशले मेयरको प्रशंसा गरेका थिए । यसबीचमा निकै चर्चा र विवाद पनि रह्यो । यसमा बाबजुद पनि मेयर फागो निरन्तर रुपमा जनताको सेवामा समर्पित भए । यतिबेला दोस्रो चरणमा कोरोना भाइरसको संक्रमण व्यापक फैलिएको   छ । यसपटक मेयर फागो अक्सिजनको अभावमा कसैको मृत्यु हुनु नपरोस् भनेर उर्लाबारीमै कोभिड अस्पताल सञ्चालनमा लागि लागि परेका छन ।

    उनी आफै कोरोना अस्पताल बनाउन तथा सामान जुटाउन खटिरहेका छन  । उर्लाबारी–८ को राजघाट स्वास्थ्य चौकीमा ११ बेडको कोभिड अस्पताल बनाउने कार्य अन्तिम चरणमा छ । जेठ १ गतेदेखि सुरु गर्ने तयारीका साथ काम भइरहेको छ । डाक्टरसहितको टोली यतिबेला तयार पारिएको छ । अक्सिजनहरु १० थान ल्याइसकेको छ । बेडहरु तयार छन् ।


    उर्लाबारी–३ स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा कोभिड अस्पताल सञ्चालन गर्ने तयारी भएपनि सञ्चालक समिति र कर्मचारीहरुको अवरोधका कारण राजघाट लगिएको हो । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा पनि १० बेडको अस्पतालले नै तयार गरेको जानकारी आएको छ ।


    राजघाट स्वास्थ्य चौकीमा पहिलो चरणमा ११ बेडको र क्रमशः आवश्यकता अनुसार थप गर्दै अघि बढाउने तयारी भएको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले जानकारी दिए  । उनले कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेकाले तत्काल कोभिड अस्पताल सञ्चालनको तयारीमा नगरपालिका सक्रियपूर्वक लागि परेको उल्लेख गरे। कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनु नपरोस् भन्ने हेतुले नगरपालिकाको क्षमताले भ्याएसम्म भरपुर साथ र सहयोग रहने उनले प्रतिबद्धता ब्यक्त गरे ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …