• काठमाडौँ । प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ आज लिँदै छन् । उनी बिहीबार अबेर राति प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (३)अनुसार प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका हुन् ।

    यसअघि प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदमा विश्वासको मत पाएका थिएनन् । उनले विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदका दुई वा दुईभन्दा धेरै दललाई बहुमतको सरकार बनाउन आह्वान गरेकी थिइन् ।

    तर, संसदका तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच समझदारी नबन्दा यो समीकरण सफल हुन सकेको थिएन ।

    दिइएको समय सीममा कुनै पनि दलले बहुमत पुर्याउन नसकेपछि संसदको सबैभन्दा ठूलो दलका संसदीय नेताका रुपमा ओलीलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । अब प्रधानमन्त्री ओलीले आज दिउँसो राष्ट्रपति निवास शीतलनिवासमा पद तथा गोपनीयताको सपथ लिँदै छन् ।

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …