• काठमाडौं, बैशाख ३१

    तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष केपी ओलीले आफ्नो मन्त्रिपरिषद्मा नेता माधव नेपाल पक्षलाई पनि समेट्ने तयारी गरेका छन्।

    आज (शुक्रबार) दिउँसो २ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा ओलीको सपथ ग्रहण हुँदैछ। शपथपछि ओलीले शुक्रबारै मन्त्रिपरिषद् गठन गर्दैछन्। ओलीले अहिलेका आधाजति मन्त्रीलाई मात्रै नयाँ मन्त्रिपरिषद्मा निरन्तरता दिँने तयारी गरेका बालुवाटार स्रोतले जनाएको छ।

    पार्टीमा एकता कायम भएको सन्देश दिन ओलीले पहिलो चरणमै नेपाल समूहका केही नेतालाईसमेत मन्त्रिपरिषद्मा समेट्न लागेका हुन्। नेपाल समूहबाट यसअघि मन्त्री बनेकालाई बिदा दिएर नयाँ मन्त्री नियुक्त गर्ने सहमति ओली र नेपालबीच भएको स्रोतको दावी छ।

    माधव नेपाल समूहबाट यसअघिको मन्त्रिपरिषद्मा धनश्याम भूसाल र योगेश भट्टराई मन्त्री थिए। नेपाल समूहबाट पूर्वअर्थमन्त्रीसमेत रहेका नेता सुरेन्द्र पाण्डेसहितका नेतालाई आजै ओलीले मन्त्री नियुक्त गर्न लागेका स्रोतको दाबी छ।

    ‘माधव नेपाल समूहबाट सुरेन्द्र पाण्डेसहितका नेता मन्त्री बन्ने सम्भावना छ,’ बालुवाटार स्रोतले भन्यो, ‘माओवादीबाट एमाले प्रवेश गरेका केही नेता पनि मन्त्रिपरिषद्मा समेटिने सम्भावना छ, तर सबैले निरन्तरता पाउँदैनन्।’

    यसअघिको मन्त्रिपरिषद्मा माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दाबा लामालाई मन्त्री थिए।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…