• रतुवामाई ।  मोरङको रतुवामाई नगरपालिकाका मेयर रविन राई  दिउँसो झुर्कियास्थित नगर अस्पताल पुगे ।  मेयर राईलाई अचेल एउटै कुराको चिन्ता छ, त्यो हो नगरभित्रका आफ्ना नागरिकलाई कसरी सुरक्षित राख्ने । अस्पताल परिसरमा भेटिएका मेयर राईको ब्यस्तता थियो – कोभिड संक्रमितलाई व्यवस्थित उपचार प्रबन्ध, पिसिआर परीक्षण लगायतमा कुनै कमजोरी हुन नदिनु ।  

    कोभिड १९ को दोश्रो भेरियन्सको संक्रमण जोखिम बढ्दै गएपछि नगरबासीलाई सुरक्षित राख्न मेयर आफैँ निरन्तर लागिरहेका छन । नगरपालिकाले हाल झुर्कियाको नगर अस्पतालमा कोभिड अस्पताल संचालनमा ल्याएको छ । १५ बेडमा स्थापना भएको कोभिड अस्पतालमा हाल ३० जना सम्मको उपचार गर्ने व्यवस्था गरिएको छ । सो अस्पतालमा अक्सिजनसहित कोभिड संक्रमित विरामीको उपचारको प्रबन्ध गरिएको छ ।

    अस्पतालमा हाल एक जना डाक्टरसहितका स्वास्थ्यकर्मीले सेवा दिईरहेका छन् भने चाँडै नै थप डाक्टरसहित स्वास्थ्यकर्मीको प्रबन्ध गरिँदैछ । सोमबार अस्पताल परिसरमा भेटिएका मेयर राई उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै थिए । अस्पतालमा विरामीको उपचारमा कुनै कमी हुन नदिन भन्दै मेयर राईले नगरबासीको स्वास्थ्य रक्षाका लागि नगर कार्यपालिकाले कुनै कसर बाँकी नराख्ने बताउनुहुनछ । मेयर राईको यो कार्यप्रति रतुवामाई नगरबासीले खुलेरै प्रशंसा गरेका छन् । जनताको हितमा काम गर्ने बेला अहिलेनै रहेका भन्दै मेयर राईले गर्दै आएको कदमको स्वागत गरेका छन् ।

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै संगिता राईले मेयर रविन राई लगायत सम्पुर्ण टिमलाई नगरबासीको जनसरोकारमा ध्यान दिएकोमा धन्यवाद ब्यक्त गरे । जनप्रतिनिको पहिलो कर्तव्य नै जनतालाई सुरक्षित राख्नु रहेको भन्दै इश्वरीप्रसाद घिमिरेले पनि धन्यवाद ब्यक्त गरेका छन्  । यस्तै जितमान शाक्यले पनि सामाजिक सञ्जालमा टिप्पणी गर्दै जिम्मेवार जनप्रतिनिधिहरु जनताको हरेक जनसरोकारका विषयहरुमा संवेदनशिल हुनुपर्ने विचार राख्छन । रतुवामाई नगरपालिकाले कोभिड १९ को दोश्रो भेरियन्समा आफ्ना नागरिकलाई सुरक्षित राख्न चालेको कदमप्रति यहाँका नागरिक सन्तुष्ट नै रहेको पाईएको छ ।

    नगरपालिकाले झुर्कियाको अस्पतालमा कोभिड संक्रमितको उपचार हुन नसके थप उपचारका लागि निशुल्क रुपमा अन्य ठुला अस्पतालसम्म पुर्याउने प्रबन्ध पनि मिलाएको छ । त्यसका लागि दुई वटा एम्बुलेन्स र मेयर राईसहित , उपमेयर र प्रमुख प्रशासकिय अधिकृतको सवारी साधनलाई तयारी अवस्थामा राखिएको छ । रतुवामाईमा शुक्रवार दिउँसोसम्म ३३ जना कोभिड संक्रमित होम आईसोलेसनमा रहेका छन् । कोभिड संक्रमणको शंका लागेमा नगरपालिकाले सो अस्पतालमा पिसिआर र एन्टिजेन परीक्षण गर्ने व्यवस्था पनि गरेको छ ।

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…