• मंगलबारे रहेको मदन भण्डारी अस्पतालमा विशेषज्ञ चिकित्सक(एमडी)को सेवासहितको १२ बेडको आइसोलेसन सेवा आजबाट सुरु भएको छ । विश्व स्वास्थ्य संगठन(WHO)को मापदण्ड अनुसार मंगलबारेमा आइसोलेसन सेवा सुरु भएको हो । अस्पतालका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति मोरङका अध्यक्षले नरेश पोख्रेलले आइसोलेसन वार्डको उद्घाटन गरेका हुन् ।


    कोरोनाका बिरामीहरुलाई अक्सिजनसहितको निःशुल्क स्वास्थ्य सेवा अस्पतालमा सुरु गरिएको मेडिकल सुपरिन्टेन‍्डेट डाक्टर दिव्य खनालले जानकारी दिए । डाक्टर खनाल एनेस्थेसिया एन्‍ड क्रिटिकल केयर सम्बन्धि विशेषज्ञता हासिल प्राप्त चिकित्सक हुन् । 
     

    बिरामीको अवस्था थाहा पाउन मोनिटर जडान
    अस्पतालले सञ्चालन गरेको आइसोलेशनमा मोनिटर समेत जडान गरिएको छ । आइसोलेसन कक्षमा कन्टीनिअस प्यासेन्ट मोनिटर समेत राखिएको छ । यसले बिरामीको विभिन्न ५ वटा स्वास्थ्य सूचकको समेत जानकारी दिने डाक्टर खनालले मंगलबारे पेजलाई बताए । 

    बिरामी भर्ना भएपछि बिरामीको अक्सिजनको मात्रा,मुटुको धड‍्कनको अवस्था,मुटुको चाल,शरीरको प्रेसर र तापक्रमबारे यो मोनिटरले जानकारी दिन्छ । यस्तो अवस्था आए सम्भावित खतरा न्यूनिकरण गर्न सकिने उनले बताए । मोनिटरको सेटिङ आईसीयू र एएचडीयूको लेभल अनुसार गरिएको डाक्टर खनालले मंगलबारे पेजलाई जानकारी दिए ।
     

    कोरोनाका कस्ता बिरामीको उपचार यहाँ सम्भव छ ?
    हाल अस्पतालमा सञ्चालन आएको वार्डमा कोरोना मोडरेट सिम्टम्स भएका बिरामीहरुको उपचार गरिने अस्पतालले जनाएको छ । अक्सिजन  लेभल कम भएका बिरामीहरुको निःशुल्क उपचार गरिने उनले बताए । नेपाल सरकारले तोकेका निःशुल्क औषधिहरु निःशुल्क उपलब्ध हुने उनले बताए । 

    'माइल्ड सिम्टम्स भएकाहरुलाई घरमै उपचार गराउन सकिन्छ,' डाक्टर खनालले भने,'मोडरेट भएकाहरुका लागि अक्सिजन चाहिने बिरामीहरुको हामी यही उपचार गर्न सक्छौं । ' वार्डमा २४ सै घण्टा स्वास्थ्यकर्मीको उपस्थिती हुने भएकाले बिरामीको सबै प्रकारको समस्या एड्रेस हुने उनले बताए ।

    बिरामीका लागि ४ वटा अक्सिजन कन्सन्ट्रेटर
    अस्पतालले सञ्चालनमा ल्याएको यो वार्डमा बिरामीका लागि भनेर ४ वटा अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको छ । कन्सन्ट्रेटरले वायुमण्डलको अक्सिजनलाई सोसेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ । यो अक्सिजन अभाव हुँदा कन्सन्ट्रेटरको प्रयोग गर्न सकिन्छ । थोरै मात्रामा अक्सिजन चाहिने बिरामीहरुका लागि यसको प्रयोग गर्न सकिने उनले बताए ।


    एमबीबीएस डाक्टरसहित ४ जना स्टाफ नर्सको २४ सै घण्टा निगरानी
    अस्पतालले सञ्चालनमा ल्याएको यो वार्डमा एक जना एमबीबीएस डाक्टर २४ घन्टा उपलब्ध हुनेछन् । यस्तै ४ जना स्टाफ नर्स पनि खटिनेछन् । यस्तै दुई जना कार्यालय सहयोगी र दूई जना सरसफाईका कर्मचारी २४ सै घण्टा उपलब्ध हुने अस्पताल व्यवस्थापन समितिका सदस्य मुक्ति न्यौपानेले मंगलबारे पेजलाई बताए । यस्तै,मेडिकल सुपरिन्डेन्ट खनाल २४ सै घन्टा उपलब्ध हुनेछन् ।
     

    थप ८ वेडको आइसोलेसन वार्ड सञ्चालन गर्ने तयारी
    हाल १२ बेडको आइसोलेसन सुरु भएको यो अस्पतालले थप ८ बेड थपेर २० बेडको आइसोलेसन सञ्चालन गर्ने तयारी भइरहेको वडा सदस्य भिष्म बुढाथोकीले जानकारी दिए ।
     अस्पतालको इमरेजन्सी वार्डमा स्वास्थ्य संगठनको मापदण्ड अनुसारको वार्ड चलाउने तयारी भएको उनले जानकारी दिए । अस्पतालले निकट भविष्यमा ३५ बेडसम्मको आइसोलेसन वार्ड सञ्चालन गर्ने तयारी गरिरहेको अस्पतालका प्रमुख डाक्टर खनालले बताए । उनका अनुसार परेको खण्डमा र अवस्था झन् नाजुक बन्दै गए ३५ बेड सञ्चालन हुनेछ ।

    यसैबीच, उर्लावारी-३ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालले अस्पताललाई बेड तथा सिलिन्डर सहयोग गरेको छ । अस्पताललाई प्रतिष्ठानले १४ वटा बेड र २ वटा अक्सिजन सिलिन्डर सहयोग गरेको वडा सदस्य बुढाथोकीले जानकारी दिए ।
     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…