• नेपाल तरुण दल उर्लावारीका नगर सभापति रोहित कार्कीले मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सञ्चालन गरिएको आइसोलेसनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले हाल सञ्चालन गरिएको आइसोलेसन वातावरणीय हिसाबले त्यति उपयुक्त नभएको र ड‍्रेनहरुमा फोहोरको पानी जमेको भन्दै अनुपयुक्त भएको निष्कर्ष निकालेका हुन् । 


    सामाजिक सञ्जालमा कार्कीले लेखेको स्टाटस अनुसार मंगलबारेमा सञ्चालन गरिएको उक्त आइसोलेसनले बिरामीको आत्मविश्वास बढाउनुको साथै उल्टै सातो लिने काम भएको आरोप लगाएका छन् । शव गृह छेउबाट प्रवेश गर्ने ढोका खोलेको अवस्थाले बिरामीको आत्मविश्वास बढाउनुको साटो उल्टै सातो लिने उनले लेखेका छन् ।

    यस्तै उनले ट्रमा सेन्टरका पदाधिकारीहरुलाई आरमदायी भवनमा बसेको तर कोभिडका बिरामीहरु चै पुरानो गोदाम बनाएको कोठामा बस्नुपर्ने बाध्यता रहेको बताएका छन् । 
    यसैबीच सभापति कार्कीले अस्पतालको ट्रमा सेन्टरलाई 'कथित'को संज्ञा पनि दिएका छन् । 

    यस्तै मदन भण्डारी अस्पतालमा आइसोलेसन निर्माण नगरेर उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले राजघाटमा आइसोलेसन निर्माण गर्नुपर्ने विविध कारण खुलाउदै प्रस्टिकरण पनि दिएका छन् ।

    उनका अनुसार अस्पतालमा ; शव गृहको छेउबाट प्रबेश गर्ने ढोका खोलेको अवस्थाले कोविड बिरामीको आत्मविश्वास बढाउनुको सट्टा उल्टो सातो लिने काम गर्ने ठानेर , पुरानो बिल्डिंगको वरिपरिको अवस्था वातावरणिय हिसाबले त्यति उपयुक्त नभएको, ड्रेनहरुमा फोहोर पानी जमेको अवस्था तथा मंगलबारे अस्पताल तथा कथित ट्रमा सेन्टरका संचालक समितिका पदाधिकारीहरुचाई आरामदायीक भवनमा , कोविडका बिरामीहरु चै पुरानो गोदाम बनाएको कोठामा बस्नु पर्ने पिडादायी अवस्था देखेर बाध्य भएर मेयर राजघाटमा आइसोलेसन निर्माण गरिएको उनले उल्लेख गरेका छन् ।  

    कार्कीले लेखेका छन्; ''मंगलबारे अस्पताल छोडेर उर्लाबारी-८,राजघाट किन लम्केत् उर्लाबारीका मेयर खड्ग बहादुर फागो कोविड-१९आईसोलेसन सेन्टर बनाउन ???? आखिर किन आकस्मिक सेवा सन्चालन भएको ठाउँमा कोविड १९ को आइसोलेसन सेन्टर चलाउन उर्लाबारी नगर प्रमुखले जोड गर्नु भएको थियो त भन्ने कुरा तलको फोटो बाटनै स्पष्ट गर्छ ।  शब गृहको छेउबाट प्रबेश गर्ने ढोका खोलेको अवस्थाले कोविड बिरामीको आत्मविश्वास बढाउनुको सट्टा उल्टो सातो लिने काम गर्ने ठानेरनै बरु आकस्मिक सेवालाई अर्को ठाउँ मा सारेर भए पनि कोविड- १९ आइसोलेसन बनाउ भनेको मात्र नै त हो सो कुरालाई बुझेर पनि बुजपचाउनेहरु संग के नै  लाग्छ र ? ? ? संगै त्यो पुरानो बिल्डिंगको वरिपरिको अवस्था वातावरणिय हिसाबले त्यति उपयुक्त नभएको ड्रेनहरुमा फोहोर पानी जमेको अवस्था तथा मंगलबारे अस्पताल तथा कथित ट्रमा सेन्टरका संचालक समितिका पदाधिकारीहरुचाई आरामदायीक भवनमा , कोविडका बिरामीहरु चै पुरानो गोदाम बनाएको कोठामा बस्नु पर्ने पिडादायी अवस्था देखेर बाध्य भएर मेयर राजघाट तीर लमकेका हुन ।''

    कार्कीले आफ्नो तर्क प्रस्तुत गरिरहँदा अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्ड डा.दिव्य खनालले डब्लूएचओको मापदण्ड अनुसार सेवा सुरु गरिएको बताएका छन् । एनेस्थेसिया एन्‍ड क्रिटिकल केयर सम्बन्धि विशेषज्ञता हासिल गरेका अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट(MD)डा खनालको भनाइलाई आधार मान्ने कि तरुण दल सभापतिको भनाइलाई आधार मान्ने भन्ने विषयमा चाही स्थानीयवासी अन्योलमा देखिएका छन् ।

    यसैबीच उर्लावारीमा ३३ बेडको आइसोलेसन सञ्चालनमा आएको छ । गोदावारी अस्पतालले पनि १० बेडको आईसोलेशन सेन्टरको सेवा शुरु गरेको छ ।  यसैगरी शुक्रबार उर्लाबारी नगरपालिकाले पनि दुर्गापुरीस्थित राजघाट स्वास्थ्य चौकीमा ११ बेडको आईसोलेशन सेन्टर शुरु गरेको छ । मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले पनि १२ शय्याको आइसोलेसन सुरु गरेको छ । 
    हालसम्म उर्लावारी नगरपालिकामा दोस्रो लहरसँगै ९ जना नागरिकले ज्यान गुमाएका छन भने करिब सय संक्रमित रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, ६ जेठ । सर्वोच्च अदालतले सांसद नभएका ७ जनालाई दोस्रोपटक मन्त्री बनाउनुलाई असंवैधानिक ठहर गरेको…

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारको दाबी गर्ने सम्भावना न्युन भएको नेताहरूलाई बत…

काठमाडौं । नेकपा माओवादी केन्द्रले वैकल्पिक सरकारको सम्भावना टरेको निष्कर्ष निकालेको छ । राष्ट्रपतिले दिएको…

काठमाडौं : एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले आफ्ना मागहरू पूरा गर्न प्रधानमन्त्री एवम्…