जेठ ४ उर्लाबारी
मोरङको पथरीशनिश्चरे नगरपालिका १ रत्नचोक स्थित डेरा लिएर बसेका ३० वर्षिय सुर्य पाँचकोटी नाम गरेका मृत्यु भएको छ ।
अन्य दिनमा त्यस्तो बिरामीको लक्ष्यण नभएको बिहान सम्म हिडडुल गरीरहेको मान्छे एक्कासी मृत्यु हुन गएको हो । मृतक सुर्य भने नगरपालिका कार्यालय छेउमा रहेको एक टेलरमा काम गर्दैआएको र लकडाउनका कारण घरमै रहेर सिलाई कटाई गर्दैआएका थिए । मृतक सुर्यको श्रीमती करीब डेढ वर्षदेखि बिदेशमा रहेका छन भने, जेठी छोरी विवाहगरी भरत रहेको, हाल मृतक बुवा सुर्य संग १४ वर्षका जेठा र दुई नाबालक छोरा संग बस्दैआएको घरसाहु मुना गुरुङले जानकारी दिइन । उनि भन्छिन् बिहान मैले सोधे के भएको छ ?
भनेर सोध्धा केही भएको छैन भनेर जवाफ दिए फेरी एकै छिनका तिन छोराहरु रुदै चिच्याउन थाले के भएछ भनेर हेर्न जाँदा आलसतालस भएको देखेपछि फोनगरी सफारी बोलाई स्थानिय मोरङ अस्पताल लगेको र अस्पतालले यहाँ हुन सक्दैन भनेपछि घर ल्याइयो केही ढुकढुकी रहेको महसुस भएर नगरको एम्बुलेन्स बोलाई उर्लाबारीको मंगलबारे ट्रमा सेन्टर लगीएको जानकारी गराइन ।
साथमा रहेको तिन छोराहरु भने बिचल्ली अवस्थामा रहेको छ कहाँ जाने ? के गर्ने ? स्थानिय युवाहरुको पहलमा अस्पतालको खर्च, सदगद गर्ने खर्च भने घर–घर गएर भन्दा संकलन वा सहयोग जुटाई रहेका छन । तिन÷चार महिना भयो कोठा भाँडा तिरेको छैन, नानिहरु भन्छन चामल छैन, ग्यास सकियो नाजुक अवस्था छ के गर्नु ? पोहोरको लकडाउनमा पनि बिजोग यो दोश्रो लकडाउनमा भने झनै बिजोग रहेको घर धनि मुना गुरुङ जानकारी दिइन ।
के भएको हो भनी सोधपुछ गर्दैगर्दा मान्छे मरी सकेको खबर आयो । मंगलबारे ट्रमा सेन्टर देखी आइसकेपछि साथमा गएका एक छिमेकीले भने कोभिडको कारण मृत्यु भएको होइन हटअट्याकका कारण मृत्युभएको भन्ने रिपोर्ट देखाउदै भने । यस्तो यो लकडाउनको अवस्थामा आफ्नो आफन्त टाँढाटाँढा भएकोले स्थानिय, प्रहरी, नगर प्रहरी र वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम एङदेनको सरसल्लाह अनुसार सदगद गरीए छ ।