• झापा । गौरीगन्ज गाउँपालिका वडा  नं ६ खजुरगाछी निवासी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन् । आफ्नै घरकोठाको  सिलिङ्गफ्यानको हेङ्गरमा सलको पासो लगाइ उनले झुन्डिएर आत्महत्या गरेकी हुन् ।

    हाल वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका राजु साहकी ३० वर्षीया श्रीमती पुनम बुधबार बिहान मृत अवस्थामा भेटिएको पारिवारिक श्रोतले जनाएको छ । मृतक महिलाको साथमा ८ महिनाकी एक नाबालक छोरी छिन् ।

    हाल प्रहरीले घटनाको मुचुल्का उठाउने तयारी गरिरहेको जनाएको छ ।

    श्रीमान् विदेश भएकाले विराटनगरबाट माइतीपक्ष आएपछि मात्र शव पोष्टमार्टमका लागि लगिने पारिवारिक श्रोतलाई उधृत गर्दै ईलाका प्रहरी कार्यालय गौरीगन्जले जानकारी दिएको  छ ।

सम्वन्धित समाचार

रामेछाप । पोखरीमा डुबेर रामेछाप देउरालीका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  रामेछाप नगरपा…

ओखलढुंगा । ओखलढुंगामा यात्रुबाहक बस दुर्घटना भएको छ। जिल्लाको चिसङ्खुगढी गाउँपालिकामा बस दुर्घटना हुँदा …

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत काभ्रेको पाँचखालमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते भए…

रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा गाडी दुर्घटना भएको छ । बा १३ च ५३२३ नम्बरको नेपाल रेडक्…