• नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले कोभिड–१९ को संक्रमणबाट जनताको जीवन रक्षा गर्न पार्टीका सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिनुभएको छ । कर्णाली प्रदेशअन्तर्गत माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा संयोजकहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै इञ्चार्ज शर्माले स्वास्थ्यकर्मीसहितको स्वयंसेवक टोली बनाएर वडावडामा परिचालन गर्न आग्रह गर्नुभयो । पूर्वमन्त्री शर्माले भन्नुभयो,“जनताको जीवन रक्षा नै यतिबेलाको मुख्य काम हो । अरु सबै कुरा थाती राखेर कोभिड–१९ विरुद्ध पार्टीको सबै शक्ति लगाउनुस् । प्रदेशको नयाँ बजेट कोभिड–१९ नियन्त्रण हुने गरी जनहितमा केन्द्रित गर्न म प्रदेश सरकारलाई आग्रह गर्दछु ।” उहाँले हाल प्रदेश मातहतमा रहेको कर्णाली प्रादेशिक अस्पताललाई संघअन्तर्गत राख्ने तयारीका साथ गरिएको निर्णय गलत भएको पनि बताउनुभयो । संघीय सरकारले अस्पताललाई सहयोग गर्ने कुरा स्वागतयोग्य भए पनि प्रदेशको अधिकार खोसेर संघ मातहतमा ल्याउन कदापि उपयुक्त नहुने उहाँको धारणा थियो । भर्चुअल बैठकमा प्रदेश संयोजक मायाप्रसाद शर्मासहित रुकुम(पश्चिम), जाजरकोट, जुम्ला, मुगु, हुम्ला र कालीकोटका अध्यक्ष क्रमशः गोपाल शर्मा, ढकवीर राना, वीरबहादुर कुँवर, सुकवीर बुढा, लालकेश जैसी र धनजीत शाही तथा डोल्पा, दैलेख, सुर्खेत र सल्यानका संयोजक क्रमशः मालबहादुर रोकाय, प्रेम कटुवाल, कृष्ण जिसी र कर्णबहादुर बुढाथोकीले जिल्लाको परिस्थितिबारे रिपोर्टि¬ङ गर्नुभएको थियो । ---

सम्वन्धित समाचार

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…

किरात राई समुदायको साझा सामाजिक संस्था किरात राई यायोक्खा संस्थागत रुपमै इलाम उपनिर्वाचनमा साझा स्वतन्त्र …