• जिल्लामा कोभिड­१९ को सङ्क्रमण बढेसँगै स्थानीय पालिकाहरुले टोलटोलमा पुगेर सङ्क्रमितको स्वाब सङ्कलन गरेर परीक्षणको लागि जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाए पनि त्यसको रिपोर्ट आउन ढिलो हुँदा जोखिम झनै बढेर गएको हो । स्वाब सङ्कलन गरी पठाएको १०÷१२ दिनसम्म पनि रिपोर्ट नआउँदा सङ्क्रमितको परिवारमा समेत समस्या हुने गरेको छ भने यसले अन्य उपचारमा समेत अन्योलको साथै थप त्रास सिर्जना गरेको छ । स्वाब सङ्कलन गरिएकाको रिपोर्ट नआउादै मृत्यु हुने र केही बिरामीको रिपोर्ट आउनुभन्दा अगाडि नै ठीक भएका घटनाले सङ्क्रमण नियन्त्रण गर्नमा थप चुनौती थपिएको पाइन्छ । जिल्ला सदरमुकामदेखि टाढाको दूरीमा रहेका हरिनास र कालीगण्डकी गाउँपालिका तथा चापाकोट नगरपालिकामा स्वाबको रिपोर्ट आउन लामो समय लाग्दा थप समस्या भएको पालिका प्रमुखहरुको भनाइ छ ।

     

    कालीण्डकी गाउँपालिका प्रमुख खिमबहादुर थापाले लामो समयसम्म स्वाबको रिपोर्ट नआउँदा आफूहरुलाई व्यवस्थापनमा समस्या भएको बताउनुभयो । थापाले भन्नुभयो, “गाउँगाउँमा पुगेर स्वाब सङ्कलन गरेर पठायो, लामो समयसम्म रिपोर्ट आउँदैन, त्यसअवधिमा मानिसहरु हिँडडुल गर्दा सङ्क्रमण बढ्ने जोखिम रहेको छ ।” हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरको पनि भनाइ उस्तै छ । स्वाब परीक्षणको लागि पठाएका व्यक्तिको रिपोर्ट नआउँदै मृत्यु भएको अवस्थामा दाहसंस्कार गर्न समेत समस्या हुने गरेको उहाँ बताउनुहुन्छ । जिल्लामा मङ्गलबारसम्म कुल एक हजार १८५ जना सङ्क्रमित भएका छन् भने १११ जना निको भएर घर फर्किएका छन् । मृत्यु हुनेहरुको सङ्ख्या ५२ पुगेको छ भने विभिन्न अस्पतालमा ३५ पुरुष र १७ महिला गरी ५२ जनाको उपचार भइरहेको छ । जिल्लामा ३१७ आइसोलेसन शय्या र १९९ अक्सिजन सिलिण्डर रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । होम आइसोलेसनमा ४७३ महिला र ४५९ पुरुष रहेका छन् भने आइसोलेसन केन्द्रमा आठ महिला र २९ पुरुषको उपचार भइरहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी मित्रप्रसाद अर्यालले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …