• बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गर्नुभएको छ । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताउनुभयो । उहाँले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताउनुभयो । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिनुभयो । दोस्रो लहरको कोरोना महामारीमा सङ्घीय सरकारले देशभरिका १२ अस्पताललाई रु १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो । –––

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरेमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गोल्डकप प्रतियोगिता हुने भएको छ ।  पथ…

निर्वाचन भनेको ढाँटेर भोट बटुल्ने बिजय जुलुस सकिएपछि भरिकस गाउँ फर्केर नआउने परम्परा छ इलाम—२ मा …

इलाम । इलाम—२ को उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिमको चुनाव चिन्ह मुढाको प्रचारप्र…

इलाम । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको…