• बर्दिया जिल्ला अस्पतालमा अक्सिजन जडानका लागि सङ्घीय सरकारले विनियोजन गरेको रकमबाट तत्काल लागि उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले रु डेढ करोड विनियोजन गर्नुभएको छ । उपलब्ध रकम अस्पतालको मागअनुसार नै भएको जिल्ला अस्पताल बर्दिया गुलरिया अध्यक्ष अङ्गद श्रेष्ठले बताउनुभयो । उहाँले मन्त्रालयबाट प्राप्त रकमको सही तवरले उपयोग गरिने बताउनुभयो । बर्दियामा स्वास्थ्यकर्मीको जनशक्ति कमी भएको हुँदा थप पहल गरिइरहेको राज्यमन्त्री विकले जानकारी दिनुभयो । दोस्रो लहरको कोरोना महामारीमा सङ्घीय सरकारले देशभरिका १२ अस्पताललाई रु १६ करोड ८० लाख विनियोजन गरेको छ । ती अस्पतालमध्ये बर्दिया अस्पताललाई अक्सिजन प्लान्ट र पाइप लाइन विस्तारका लागि डेढ करोड विनियोजन गरिएको हो । –––

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…