• भिडियो सामाजिक सञ्जाल टिकटकका लागि भिडियो बनाउँदै गर्दा पाकिस्तानमा एक जनाको मृत्यु भएको छ ।

    आफैलाई पेस्तोलले हानेको अभिनय गर्दा पेस्तोल पड्किएर १९ बर्षीय एक युवकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    काबल भन्ने ठाउँमा बुधबार घटना भएको हो । काबलको स्थानीय प्रहरी अधिकारीहरुले पनि भिडियो बनाउदै गर्दा ती युवकको मृत्यु भएको अनुसन्धानबाट खुलेको जनाएका छन् ।

    “हामीले गरेको अनुसन्धानको प्रारम्भिक विवरण अनुसार मआबान्द शाह धेराइमा बस्ने टिकटक स्टार हमिदुल्लाहले टिकटकका लागि भिडियो बनाउने क्रममा आफैले

    आफैलाई पेस्तोल प्रहार गरेको र निधन भएको पाइएको छ,” एक प्रहरी अधिकारीले भने ।

    घटना भएको थाहा पाउने वित्तिकै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरेको र शवलाई अस्पतालमा लगेर परीक्षण गराएको प्रहरीको भनाइ छ ।

    निधन भएका हमिदुल्लाह टिकटकमा निकै चर्चित रहेको समाचारमा जनाइएको छ ।

सम्वन्धित समाचार

 काठमाडौँ । कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरका पत्रकारहरुका लागि आचारसंहिता तथा कानुनी परामर्श सम्बन्धी कार्यक्रम शुरु भ…

काठमाडौं । हिजोआज दाँत रोगीको संख्या बढेको छ । हरेक घरमा दाँतरोगीहरु भेटिन्छन् । अस्वस्थ्य खानपान र सरसफा…

विष्णुप्रसाद पोखरेल/ दमक मैले जे देखे त्यहि लेखे पछिल्लो समयमा दमक र आसपासको क्षेत्रमा टिपरको ज्यादती …