• काठमाडौं।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने निर्णय लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार निर्माणको आव्हान गरिन् । त्यो पनि मात्र २१ घन्टाको समयावधि दिए ।

    राष्ट्रपतिको कदम प्रधानमन्त्री ओलीकै रणनीतिमा मध्यावधि चुनावमा देशलाई लाने रणनीतिका साथ भएको विश्लेषण भइरहेको छ । यस्तो अवस्थामा ओलीविरोधी गठबन्धन निकै दबाबमा परेका छन् । उनीहरु गर या मरको चुनौतीको सामना गर्न पुगेका छन् ।

    आज साँझ ५ बजेभित्र ओलीको सत्ताबाट बर्हिगमनका लागि विरोधी गठबन्धन प्रयासमा लागिसकेका छन् । उनीहरुले बहुमत सुनिश्चित गरेर प्रधानमन्त्रीको दाबेदार तयार गर्न खोजेका छन् ।

    ओलीविरोधी गठबन्धन सुनिश्चित गर्न नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी एकजुट हुनसकेमात्र सम्भव छ । काँग्रेस र माओवादी केन्द्र गठबन्धनमा भएपनि जसपा अझै विभाजित छ । जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएमात्र गठबन्धन सम्भव देखिन्छ । ठाकुरलाई प्रधानमन्त्री मान्न काँग्रेस सभापति शेरबहादुर देउवा तयार हुनुपर्छ ।

    ठाकुरले प्रधानमन्त्री बन्ने अवसर पाएमा गठबन्धन निर्माणमा साथ दिने सम्भावना पनि छ । तर, उनको प्रधानमन्त्री ओलीसँग निकटता कायमै छ । बिहिबार पनि ठाकुरले ओलीसँग भेटवार्ता गरे । ठाकुर पक्षलाई साथमा ल्याउन ओलीले नागरिकतासम्बन्धी ऐन संशोधनका लागि अध्यादेश नै ल्याएका छन् । उनले एकपछि अर्को कदम चाल्दै ठाकुरलाई साथमा लिन खोजिरहेका छन् ।

    ठाकुरले प्रधानमन्त्री पद पाएमा ओलीको साथ छाड्ने सम्भावना नभएको होइन । ओलीविरोधी गठबन्धनले बहुमत बनाउन यसको अस्त्र पनि तयार गर्ने सम्भावना छ । तर, जसपाभित्र राजेन्द्र महतो पक्षधर ओलीको पक्षमा लाग्ने सम्भावना नभएको होइन ।

    ओलीविरोधी दल र नेताहरु गठबन्धनका लागि गर या मरको लडाईंमा छन् । यसका लागि आज राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकास हुने सम्भावना पनि छ । महन्थ ठाकुरको प्रधानमन्त्री बन्ने ढोका खुल्ने या ओलीले आफूविरोधी गठबन्धनलाई बहुमतबाट रोक्ने अन्तिम संघर्ष चलिरहेको छ ।

सम्वन्धित समाचार

काठमाडौं । मुक्कुमलुङ(पाथीभरा) संरक्षक र सरकाबीचको चैत्र ७ गते उच्चस्तरीय वार्ता हुनेभएको छ । मुक्कुमलुङम…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगरसमिति मोरङको आयोजनामा भएको ‘प्रथम अन्तर स्कुल टिम बुद्धि…

हेम गिरी कोलोराडो/संयुक्त राज्य अमेरिकाको कोलोराडोमा रहेका नेपाली भाषी भुटानीहरुको एक मात्र साझा सं…

मोरङ । मोरङको पथरी शनिश्चरे—१ स्थित पञ्चायत माविमा स्काउट सदस्यहरुका लागि दिक्षान्त समारोहको उद्घाटन …