• उर्लावारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई केपी ओली सरकारले अक्सिजन प्लान्ट र एचडीयू बेड निर्माण गर्न अर्थ मन्त्रालयको १ करोड ५५ लाख रुपैयाँ दिने निर्णय गरेको छ । 


    शुक्रबार अर्थ मन्त्रालयले अस्पतालमा अक्सिजन प्लान्ट र एचडीयूको उक्त रकम दिने निर्णय गरेको हो । एचडीयूको ५ बेड बिस्तारका लागि ८० लाख र अक्सिजन प्लान्ट निर्माणका लागि रु ७५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । 

    सरकारले यो अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै एचडीयू बेड र अक्सिजन प्लान्ट निर्माणका लागि यत्रो ठूलो रकम विनियोजन गरेको हो । यसरी केन्द्र सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भनेर रकम विनियोजन गरेको उर्लावारीका लागि ठूलो बजेट हो ।

    पूर्वी मोरङको एक मात्र ठूलो सरकारी अस्पताल समेत रहेको यो अस्पतालमा प्रदेश सरकारले मोनिटरसहित विशेषज्ञ चिकित्सकको निगरानीमा आइसोलेशन वार्ड यसअघि नै निर्माण गरेर सञ्चालन गरिरहेको छ । 

    अस्पतालमा निर्माण गरिएको यो आइसोलेसनको विषयलाई लिएर विभिन्न किसिमका भ्रामक प्रचारबाजी समेत भएको थियो ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …