• विराटनगर  : प्रदेश १ मा शुक्रबार थप १०३९ जनामा कोरोना पुष्टि भएको छ । २ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षणगर्दा ४२४ महिला र ६१५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२, पाँचथरमा २६, तेह्रथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा ७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    मोरङको विराटनगरमा ८२ महिला र ७१ पुरुष सहित १५३, रंगेलीमा ४२, सुन्दरहरैचामा ३७, रतुवामाईमा २२, उर्लाबारीमा १९, बेलबारीमा ११, पथरीशनिश्चरे र कानेपोखरीमा १०–१०, बुढीगंगामा ७, ग्रामथान र कटहरीमा ४–४, जहदामा ३, मिक्लाजुङ र सुनबर्षीमा २–२, धनपालथान, केराबारी, लेटाङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको हो ।

    झापाको विर्तामोडमा ४४, भद्रपुरमा ४३, दमकमा ३४, अर्जुनधारा र मेचीनगरमा २५–२५, कनकाईमा १८, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १०–१०, बुद्धशान्तिमा ९, हल्दिबारीमा ७, शिवसताक्षी र कचनकवलमा ५–५, बाह्रदशीमा ३, गौरादह र झापा गाउँपालिकामा २–२ जना संक्रमित भएका छन् ।

    मन्त्रालयका अनुसार सुनसरीको धरानमा ६३, इटहरीमा ३७, देवानगञ्जमा २३, इनरुवामा १९, दुहवीमा १०, रामधुनीमा ७, बराहक्षेत्रमा ४, गढी र बर्जुमा ३–३, हरिनगर र कोशी गाउँपालिकामा २–२ र स्थानीयतहनखुलेका ५ जनामा संक्रमण देखिएको छ ।

    त्यसैगरी इलामको इलाम नगरपालिकामा २१, माइजोगमाईमा १५, रोङमा १३, सुर्योदयमा १० र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४३, पाथीभरा याङवरकमा ७, स्थानीय तह नखुलेका १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ३२, पाँचथरको फिदिममा २४, हिलिहाङ र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङमा २५, आठराईमा २ जनामा संक्रमण पुष्टि भएको छ ।

    धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमी, पाख्रीवास, छथर र स्थानीय तह नखुलेका १–१, संखुवासभाको चैनपुरमा ७ र खाँदबारीमा २ संक्रमित भएका छन् । त्यस्तै उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २ र स्थानीय तह नखुलेका १ जना संक्रमित भएका हुन् ।

    भोजपुरको भोजपुर नगरपालिका, साल्पासिलिछो र स्थानीय तह नखुलेका १–१ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४९ हजार ५८० पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८३६ पुगेको जनाइएको छ ।

सम्वन्धित समाचार

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका ४ स्थित खैराटोलमा सडक विस्तारको कामको क्रममा उत्पन्न विवादलाई नियन्त्…

मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छ । उर्लाबारी नगरपालिका…

झापा, माघ २९ झापाको दमक ७ स्थित त्रिगंगा कृर्षि सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा वर्तमान सचिव रहेका रा…

मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायिक वन क्षेत्रमा भेटिएकी युवतीको मृत्यु भएको छ। मोरङको सुन्…