• काठमाडौं : सरकारले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गरेसँगै साविक सत्तारुढ नेकपा (एमाले) को १० औँ महाधिवेशन सर्ने पक्कापक्की भएको छ।


    सरकारको सिफारिसमा राष्ट्रपतिले आगामी कात्तिक २६ र मंसिर ३ गते गर्नेगरी मध्यावधि चुनाव तोकेकी छिन्‌।पार्टीभित्र विवाद चर्किरहँदा अध्यक्ष केपी शर्मा ओली समूहले गत फागुन २८ गते पार्टीको १० औँ महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने एकतर्फी निर्णय लिएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा ओली पक्षमात्रै सहभागी थियो।

    कात्तिक र मंसिरमा चुनाव तोकिएकाले त्यतिखेरै पार्टी महाधिवेशन आयोजना हुने सम्भावना क्षीण बनेको नाम उल्लेख नगर्ने शर्तमा एमालेका एक नेताले बताए।

    'बालुवाटारमा हामीमात्रै सहभागी भएर महाधिवेशन मिति घोषणा गर्‍यौँ, माधव र झलनाथजीहरू अनुपस्थित हुनुहुन्थ्यो,' ती नेताले भने, 'महाधिवेशनका लागि तोकिएको मितिमा विवाद छँदैथियो, अब त्यसैको छेकोमा चुनाव गर्ने भनेपछि कांग्रेसकै हालत हुने भयो।' नेपाली कांग्रेसले पनि १४ औँ महाधिवेशन मिति पटक-पटक सार्दै आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा आयोजना गर्ने जनाएको छ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …