•  उर्लाबारी/ मोरङको उर्लाबारी–६ मा एक जना बालकको आत्महत्याको घटना रहस्यमय बनेको छ ।


    जेष्ठ २ गते दिउँसो ४ बजे उर्लाबारी–६ सिमाना वस्तीमा ८ बर्षीय बालक पवन दियालीले आत्महत्या गरेपछि घटना रहस्यमय बनेको हो । बुवा कुमार दियाली र कान्छी आमा फुलमाया दियालीले हत्या गरी झुण्डाएर मारेको आमा तुलसा दियालीले आरोप लगाएकी छन्  । तुलसाले इलाका प्रहरी कार्यालय उर्लाबारीमा ज्यान मार्ने उद्योगमा जाहेरी दिएकी छन् । दियाली घर अगाडि सलको पासो लगाई आत्महत्या गरेको अवस्थामा शव भेटिएको थियो । घरभित्र बुवा कुमार सुतिरहेको अवस्थामा छोरा पवनले आत्महत्या गरेकाे उनीहरुको भनाई छ । 


    आत्महत्या गरेपछि छरछिमेकी भेला भएपछि मात्रै बुवा कुमारले पत्ता पाएका थिए । छिमेकीहरुले समेत ८ बर्षको बालकले आत्महत्या गर्न नसक्ने र घटना रहस्यमय भएको बताएका छन् । यता जेठी आमा पक्षहरुले घटना सुनियोजित रुपमा भएको र दोषीलाई हदैसम्म कार्वाही गर्न प्रहरी प्रशासनलाई माग गरेकी छन् ।यस बिषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले अनुसन्धान भइरहेको बताएका    छन् ।त्यसैगरी वडाध्यक्ष चिन्तामणि पौडेलले यसको रहस्य पत्ता लगाउने बताएका छन् ।

सम्वन्धित समाचार

उर्लाबारीको राजनीतिक र सामाजिक क्षेत्र लगायतमा परिचित नाम हो, गंगाप्रसाद खरेल । वैशाख ३० गते हुने स्थानी…

काठमाडौं, ९ पुस टर्कीको एक अदालतले चर्चित महिला पत्रकार सदफ कबासलाई राष्ट्रपति अर्दोआनको अपमानसँग सम्बन्…

झापा ५ माघ झापाको दमक ४ स्थित युएनडिपि नेपालको आर्थिक सहयोग र धिमाल महिला संघ केन्द्रिय समितिको आयोज…

काठमाडाैं, ३ माघ हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। बिहान तराईका धेरै स्थ…