• प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आम नागरिकको स्वास्थ्यप्रति गम्भीर रही निःशुल्क कोरोना खोपको व्यवस्था गर्ने बताउनुभएको छ ।

    मुख्यमन्त्री राईले करुणा फाउण्डेशन नेपालकाका वरिष्ठ व्यवस्थापक कमल कोइरालाद्वारा आज यहाँ ३० थान अक्सिजन कन्सनट्रेटरको पत्र बुझ्दै सो जानकारी दिनुभएको हो ।

    उहाँले प्रदेश सरकारले जनताको स्वास्थ्यप्रति उत्तरदायी रही कोभिड–१९ खोपको सुनिश्चिताको लागि आगामी नीति तथा कार्यक्रम र बजेटमा मुख्य प्राथमिकतामा राख्ने उल्लेख गर्नुभयो ।

    मुख्यमन्त्री राईले महामारीलाई पराजीत गर्न फाण्डेशनको प्राप्त अक्सिजन कन्सनट्रेटरका सहयोगको प्रशंसा गर्नु पर्ने हुँदै कोभीड नियन्त्रणका लागि सबैको साथ र सहयोग आवश्यक रहेकामा

    जोड दिनुभयो ।

    सो अवसरमा फाण्डेशनका वरिष्ठ व्यवस्थापक कोइरालाले आगामी दिन थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    सो अवसरमा प्रतिथान रु एक लाख २५ हजार मूल्यबरावरको १० लिटर क्षमताको ३० थान अक्सिजन कन्सनट्रयाटर उपलब्ध गराइएको थियो ।

    फाउण्डेशनले गत वर्ष पनि रु एक करोड २५ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको थियो ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …